एनईएस मटेरियल्सले सामसङलाई सल्फ्युरिक एसिड आपूर्ति गर्ने

Technology Khabar २० भाद्र २०८१, बिहीबार

काठमाडौं ।

नाम्हाई केमिकलको भगिनी संस्था एनईएस मटेरियल्सले अघिल्लो महिनादेरखि सामसङलाई विशुद्ध सल्फ्युरिक एसिड आपूर्ति गर्न थालेको छ। कोरियाको प्रविधि सञ्चार संस्था द इलेकका अनुसार उक्त वस्तु चिप उत्पादनका क्रममा सफाईका लागि प्रयोग गरिन्छ।

एनईएस मटेरियल्स २०२१ मा स्थापना गरिएको थियो र यो नाम्हाई, ईएनएफ र सीएण्डटी केमिकलको संयुक्त लगानीको संस्था हो। कम्पनीमा नाम्हाई केमिकलको ७०%, ईएनएफको २०% र ;सीएण्डटीको १०% हिस्सेदारी रहेको छ।

नाम्हाई केमिकलले कारखाना सञ्चालन गर्छ र कच्चा पदार्थ आपूर्ति गर्छ;ईएनएफले गुणस्तरको जाँच गर्छ; र सीएण्डटी ले कम्पनीलाई क्रेताहरुसँग जोड्छ।

एनईएस मटेरियल्स ले मे २०२२ मा उच्च-शुद्धतायुक्त सल्फ्यूरिक एसिडको कारखाना निर्माण गर्न सुरु गरेको थियो र यो गत वर्ष पूरा भएको छ। यो कारखानाको वार्षिक क्षमता ५४ हजार मेट्रिक टन छ। नाम्हाई केमिकलको मल उत्पादनबाट प्राप्त एसओ३ एसिड उत्पादनमा प्रयोग गरिने द ईलेकले जनाएको छ।

स्रोतका अनुसार रसायन कम्पनीको प्रतिस्पर्धीले उत्पादन समस्याहरू भोगिरहेका कारण सीएण्डटीले अपेक्षाभन्दा पहिले एनईएस मटेरियल्सबाट एसिड किनिरहेको छ।

दक्षिण कोरियाली टेक्नोलोजी जायन्टले यस सामग्रीको आपूर्ति श्रृंखलामा विविधता ल्याउन चाहन्छ जसको अर्थ एनईएस मटेरियल्सको चिप निर्माता आपूर्तिको मात्रा क्रमशः बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २० भाद्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया