नाइजेरियामा बन्दी बनाइएका बाइनान्सका कर्मचारी धरौटीमा रिहा

  • Technology Khabar | १९ भाद्र २०८१, बुधबार
नाइजेरियामा बन्दी बनाइएका बाइनान्सका कर्मचारी धरौटीमा रिहा

काठमाडौं ।

गत फेब्रुअरीदेखि नाइजेरियामा बन्दी बनाइएका क्रिप्टो कम्पनी बाइनान्सका कार्यकारी टिग्रान गाम्बार्यान सोमबार धरौटीमा रिहा भएका छन्।

स्वास्थ्यमा समस्या देखिएका आधारमा उनी धरौटीमा रिहा गरी पाउँ भन्ने निवेदन दर्ता गर्न अदालतमा गएका थिए। तर देशको आर्थिक अपराध एजेन्सीका वकिलहरूले यो निवेदनको विपक्षमा टिप्पणी गरेका रोयटर्सले उल्लेख गरेको छ।

बाइनान्स कम्पनी, अमेरिकी नागरिक गाम्बार्यानका साथै अफ्रिकाका लागि बाइनान्सको ब्रिटिश-केन्याली क्षेत्रीय व्यवस्थापक नादिम अञ्जरवाला सबैलाई गरेर साढे ३ करोडभन्दा बढी सम्पत्ति शुद्धिकरण गरेको आरोप लगाइएको छ। बाइनान्सलाई कर चोरीको अलग आरोप पनि सामना गर्नुपरेको छ।

नाइजेरियाको राजधानी अबुजामा रहेका वकिल मार्क मोर्डीले गाम्बार्यानको स्वास्थ्य जेलमा रहँदा थप बिग्रिएकोले नयाँ जमानत निवेदन दर्ता गरेको बताए। अदालतले मे महिनामा गाम्बार्यानको पहिलो जमानत निवेदन अस्वीकार गरेको थियो।

गाम्बार्यानले आफूलाई हर्निया समस्या रहेकोले गर्दन र कम्मरमा दुखाइ गराउँने साथैमलेरिया र निमोनियाले पनि सताउने गरेको बताएका छन्। अधिकारीहरूले उनलाई व्हीलचेयर उपलब्ध नगराएका कारण उनले अदालतमा वैशाखीहरूको सहायताले उपस्थिति जनाएका छन्।

तर आर्थिक र वित्तीय अपराध आयोगको वकिलले गाम्बार्यानको स्वास्थ्य नबिग्रिएको तर्क गरे। उनको हर्नियाटेड डिस्कको समस्या नौलो नभई एक दशकभन्दा बढी समयदेखि रहेको उनको तर्क थियो। यो मामला बुधबार पनि जारी रहने समाचारमा जनाइएको छ।

प्रकाशित: १९ भाद्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार