एसके हाइनिक्सले सामसङभन्दा पहिले नै १६ जीबी डीडीआर५ डाइनामिक र्याम उत्पादन गर्ने

  • Technology Khabar | १८ भाद्र २०८१, मंगलवार
एसके हाइनिक्सले सामसङभन्दा पहिले नै १६ जीबी डीडीआर५ डाइनामिक र्याम उत्पादन गर्ने

काठमाडौं ।

दक्षिण कोरियाको प्रविधि कम्पनी एसके हाइनिक्सले १६ जीबीको डीडीआर५ डीआरएम अर्थात् डाइनामिक र्याम डेभलप गरेको छ। उक्त र्याम जेन ६, १० नानोमिटर र एउटा क्यापासिटरयुक्त हुने बताइएको छ।

दक्षिण कोरियाको प्रविधि समाचार संस्था द इलेकका अनुसार यसो हुँदा दक्षिण कोरियाकै टेक जायन्ट सामसङकझ तुलनामा यस प्रकारको र्याम बनाउने यो कम्पनी पहिलो हुनेछ। यी दुई कम्पनीबीच केही समयअघिदेखि नयाँ प्रविधि उत्पादनको क्षेत्रमा प्रतिस्पर्धा चल्दै आएको छ।

सामसङले गत मे महिनामा जेन ५ १० एनएम १बीटा डीडीआर५ डीआरएएम डेभिप गरेर उत्पादन गर्ने पहिलो कम्पनी बनेको थियो। एसके हाइनिक्सले आफ्नो नयाँ डीआरएएम आगामी वर्षदेखि आपूर्ति गर्ने जनाएको छ। यो चिप पहिलेको १बी प्रविधिलाई अझ फराकिलो पार्दै १सी मा डिजाइन गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले केही निश्चित एक्ट्रिम अल्ट्राभायोलेट ईयूभी अति परावैजनी प्रक्रियाका लागि उक्त नयाँ वस्तु डेभलप गरेको बताएको छ। यो नयाँ मेमोरीको कार्यक्षमता यसअघिको तुलनामा ३० प्रतिशतले बढी भएको कम्पनीको दावी छ।

१सी डीडीआर५को गति ८ जीबी प्रति सेकेण्ड ‍छ जुन १बीको तुलनामा ११ प्रतिशतले द्रुत हो। यसबाहेक कार्यक्षमता पनि ९ प्रतिशतले वृद्धि गरिएङ्को कम्पनीलाई उद्धृत गर्दै द ईलेकले जनाएको छ।

प्रकाशित: १८ भाद्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार