मोटोरोलाले सेप्टेम्बर ५ मा मोटो एस५ स्मार्टफोन चीनमा सार्वजनिक गर्ने

Technology Khabar १८ भाद्र २०८१, मंगलवार

मोटोरोलाले सेप्टेम्बर ५ मा मोटो एस५ स्मार्टफोन चीनमा सार्वजनिक गर्ने

काठमाडौं ।

मोटोरोलाले आफ्नो बहुप्रतीक्षित स्मार्टफोन एस५ आउँदो बिहीबार अर्थात् सेप्टेम्बर ५ मा चीनमा सार्वजनिक गर्ने भएको छ।

मोडल नम्बर एक्सटी२३०९-५ रहेको उक्त फोन चीनको टीना नामक नियामकको वेबसाइटमा देखिएको समाचार संस्था जीएसएमएरिनाले उल्लेख गरेको छ। अब भने यसको सार्वजनिक हुने समयतालिका सहितको पोस्टर पनि बाहिर आइसकेको छ।

उक्त पोस्टर अनुसार मोटोरोलाको मोटो एस५० सेपेटेम्ब ५ का दिन चीनमा स्थानीय समय अनुसार बिहान १० बजे सार्वजनिक हुनेछ। पोस्टरमा ३ वटा रंगमा रहेका स्मार्टफोनको फोटोबाहेक अन्य विवरण खुलाइएको छैन।

जीएसएमएरिनाका अनुसार यो डिभाइस चीनबाहिर भने सार्वजनिक हुने छैन। यसको हार्डवयर मोटोरोला एज ५० नियोको जस्तै छ। यसको स्पेसिफिकेशनमा ६.४  इन्चको १२० हर्ज ओएलईडी डिस्प्ले, मिडियाटेक ७३०० चिपसेट, आईपी६८ तथा एमएआईएल ८१०एच सर्टिफिकेशन लगायतका छन्।

यसबाहेक स्टेरियो स्पीकर,६८ वाटको चार्जिङसहित ४३१० एमएएचको ब्याट्री र पछाडिपट्टि ५० मेगापिक्सेलको मुख्य, १० मेगापिक्सेलको ३x टेलिफोटो र १३ मेगापिक्सेलको अल्ट्रावाइड क्यामरा रहने बुझिएको छ।

Sajilo Visa

प्रकाशित: १८ भाद्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार