पठाओ पार्सल डेलिभरी महोत्सव सुरु, महोत्सव अवधिमा नेपालभर १ रुपैयाँमा पार्सल डेलिभरी

Technology Khabar १६ भाद्र २०८१, आईतवार

काठमाडौं ।

नेपालकै ठूलो डेलिभरी नेटवर्क भएको पठाओ पार्सलले एक महिनासम्म नेपालभर १ रुपैयाँमै समान डेलिभरी गर्ने भएको छ। व्यवसायहरुले ‘पठाओ पार्सल डेलिभरी महोत्सव’ अन्तर्गत भदौ १६ देखि असोज १४ सम्म यो सेवा पाउने भएका हुन्।

काठमाडौँ उपत्यकाका साना-ठूला सबै व्यवसायलाई नेपालभर पुर्याउने उद्देश्यले एक महिने ‘पठाओ पार्सल डेलिभरी महोत्सव’ सुरु गरिएको पठाओ नेपालको मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले बताइन्।

पठाओले हाल नेपालका ३ सयभन्दा बढी स्थानमा पार्सल डेलिभरी सेवा दिँदै आएको छ । हमालका अनुसार काठमाडौँका असन, न्यूरोड, कालिमाटी, बनस्थली, कुलेश्वर र चाबहिलमा ‘ह्युमन बिल्बोर्ड’ डुलाएर कपडा, फेशन, कस्मेटिक, एक्सेसरिज, ग्याजेटलगायत व्यवसाय तथा ग्राहकलाई महोत्सवबारे जानकारी गराइएको छ।

पठाओ पार्सलबाट काठमाडौँ उपत्यकामा २४ घण्टा भित्र, उपत्यका बाहिरका मुख्य सहरमा दोस्रो दिन र अन्य स्थानमा ३ दिन भित्र समान डेलिभरी भईसक्ने पठाओले जनाएको छ।

२०२३ डिसेम्बरदेखि सेवा सुरू गरेको पठाओ पार्सलले एक वर्ष नपुग्दै हजारभन्दा बढी व्यवसायलाई डेलिभरी सेवा प्रदान गरिसकेको र मासिक ९० हजारभन्दा बढि डेलिभरी गर्ने गरेको हमालले बताइन् ।

पठाओ पार्सलमा आवद्ध भएका मर्चेन्टको आफ्नो छुट्टै प्रोफेसनल ड्याशबोर्ड हुने र त्यहाँबाट नै पेमेन्ट डिटेलका साथै आफ्नो पार्सल कहाँ पुग्यो भनेर ट्रयाक गर्न मिल्ने सुविधा छ। डेलिभरीबापत जम्मा भएको पैसा ४८ घण्टा भित्रै मर्चेन्टको खातामा जम्मा हुने हमालले जानकारी दिइन्।

प्रकाशित: १६ भाद्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया