स्पेसएक्सले प्रक्षेपण गर्यो ६५ मिनेटमा २ ओटा फाल्कन ९ रकेट

Technology Khabar १६ भाद्र २०८१, आईतवार

काठमाडौं ।

स्पेसएक्सले शनिबार (अगस्ट ३१) बिहान एक घण्टाभन्दा बढी समयको अन्तरालमा दुईवटा फाल्कन ९ रकेट प्रक्षेपण गरेको छ। पछिल्लो पटकको प्रक्षेपण सफल हुन नसकेको अवस्थाबाट माथि उठेर तीन दिनपछि कम्पनीले दुईवटा फाल्कन ९ बुस्टरलाई सफलतापूर्वक अवतरणसमेत गराएको छ।

शः फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशन र क्यालिफोर्नियाको भ्याण्डनबर्ग स्पेस फोर्स बेसबाट उडान भरेका यी दुई फाल्कन ९ प्रक्षेपणहरू कुल ४२ वटा स्टारलिंक इन्टरनेट उपग्रहहरूलाई अर्बिटमा पुर्‍याएका थिए।

दुवै रकेटका पहिलो चरणले समुद्रमा सफलतापूर्वक अवतरण गरे। यो सफल स्पेसएक्स अवतरणहरू अगस्ट २८ मा भएको फाल्कन ९ को एक असफल अवतरण पछि आएका हुन् जुन स्पेसएक्सका लागि २३ औँ उडानको रेकर्ड भएको अन्तरिक्षसम्बन्धी वेबसाइट स्पेस डटकमले उल्लेख गरेको छ।

“स्पेसएक्स टोलीको ठूलो काम,” स्पेसएक्सका सीईओ एलन मस्कले दोहोरो प्रक्षेपणपछि एक्स (पहिले ट्विटर) मा लेखे।

स्पेसको गतिविधि फ्लोरिडामा स्पेसएक्सको स्टारलिंक ८-१० मिशनको प्रि-डन अर्थात् बिहान झिसमिसे हुनुअगावैको प्रक्षेपणसँगै सुरु भयो।उक्त प्रक्षेपणमा बिहान ३:४३ ईडीटी (०७:४३ GMT) मा २१ वटा स्टारलिंक उपग्रहहरू लिएर फाल्कन ९ रकेटको उडान भरेको थियो।

२१ मध्ये १३ वटा उपग्रहहरू नयाँ “डाइरेक्ट टु सेल” क्षमतासहित छन्, जसले पृथ्वीमा स्मार्टफोनहरूमा सिधै सम्पर्क गर्न सक्छन्। ( स्पेसएक्सले टी-मोबाइलसँग आफ्नो विशाल स्टारलिंक उपग्रहहरूको मेगाकन्ष्टलेशन निर्माण गर्दै गर्दा सिधै-सेल पहुँचको लागि सम्झौता गरेको छ।)

यो उडानको पहिलो चरण बुस्टरले नासाको लागि १३ स्टारलिंक मिशन, ड्रागन कार्गो उडान, र तीनवटा व्यावसायिक उपग्रह मिशन सहित आफ्नो १८ औँ प्रक्षेपण र अवतरण पूरा गर्‍यो। यसले एटलान्टिक महासागरमा स्पेसएक्स ड्रोन जहाज जस्ट रिड द इन्स्ट्रक्शन्समा अवतरण गर्‍यो।

स्पेसएक्सले आफ्नो फ्लोरिडा स्टारलिंक प्रक्षेपणपछि स्टारलिंक ९-५ मिशन सम्पन्न गर्‍यो, जसले केवल ६५ मिनेटपछि बिहान १:४८ PDT (४:४८ईडीटी /०८:४८ जीएमटी) मा भ्याण्डनबर्गको स्पेस लन्च कम्प्लेक्स ४ ईस्टबाट उडान भरेको थियो।

यस मिशनले थप १३ वटा डाइरेक्ट टु सेल उपग्रहहरूसहितको अर्को २१ वटा स्टारलिंक उपग्रहहरूलाई कक्षमा पुर्‍याएको थियो। यो फाल्कन ९ बुस्टरको नवौं उडान थियो। यो “स्पेसएक्स” ड्रोन जहाज “अफ कोर्स आई स्टिल लभ यु” मा प्रशान्त महासागरमा अवतरण गर्‍यो।

प्रकाशित: १६ भाद्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया