Technology Khabar १६ भाद्र २०८१, आईतवार
काठमाडौं ।
यस वर्षको सामसङ डेभलपर कन्फरेन्सको १०औं संस्करणको कार्यक्रम हुने जनाइएको छ। यो कार्यक्रम अक्टोबर ३ तारिखमा संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा रहेको सान होजे मेकानरी कन्भेन्सन सेन्टरमा आयोजित हुने उल्लेख गरिएको छ।
साथै यो कार्यक्रमलाई प्यासिफिक टाईम अनुसार बिहान १०ः०० बजे सामसङको आधिकारिक युट्युब च्यानलमा लाइभ स्ट्रिम गरिने थप उल्लेख गरिएको छ।
यस वर्षको कार्यक्रमको सबैभन्दा महत्त्वपूर्ण भाग भनेको वान यूआई ७.० हुने जनाइएको छ जसले ग्यालेक्सी एआई छाता अन्तर्गत प्रमुख नयाँ फिचरहरू र अतिरिक्त एआई स्मार्टहरू ल्याउने अपेक्षा गरिएको छ।
त्यसैगरी टेक जायन्टले अन्य स्मार्ट डिभाइसहरूमा एआईको समावेशका साथै एआई एल्गोरिदमहरू प्रशिक्षणको लागि आवश्यक डाटा कलेक्सन (संग्रह) को सुरक्षाको बारेमा कुरा गर्ने अपेक्षा गरिएको थप उल्लेख छ।
यसबाहेक सामसङ नक्स, स्मार्टथिङ्गस र टाइजेन ८.० पनि एजेन्डामा रहेको र सामसङले तीनवटै उत्पादनहरूमा थप कार्यक्षमता थप्ने योजना बनाएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १६ भाद्र २०८१, आईतवार