आफ्नो भोलुम कन्ट्रोल फिचरलाई एप्पलले निरन्तरता नदिएकोमा स्फोटीफाई रुस्ट

Technology Khabar १६ भाद्र २०८१, आईतवार

काठमाडौं ।

स्पोटीफाईले भोलुम कन्ट्रोलमा समस्या देखिएपछि एप्पलले आफ्नो एपलाई निरन्तरता नदिएको बताएको छ। यस हिसाबले अब स्पोटीफाई कनेक्ट  प्रयोग गर्दा आईओएस डिभाइसको भोल्युम बटनहरू प्रयोग गरेर लेभल मिलाउने यो फिचरलाई एप्पलले हटाएको बुझिएको छ।

यसै हुनाले अब आईओएसमा  स्पोटीफाई प्रयोगकर्ताहरूले यो फिचरका लागि एप्लिकेशनभित्रै भोल्युम स्लाइडर प्रयोग गर्नुपर्ने द भर्जले उल्लेख गरेको छ ।

यो परिवर्तनले ब्लूटूथ वा एयरप्ले कनेक्सनहरूलाई साथै एण्ड्रोइड प्रयोगकर्ताहरूलाई पनि प्रभावित नगर्ने बताइएको छ।

एक समर्थन लेखमा स्पोटीफाईले लेखेको छ, ‘स्पोटीफाईलाई यससँग जोडिएका उपकरणको भोल्युम बटनहरू स्पोटीफाई एपबाटै नियन्त्रण गर्न सघाउने फिचर एप्पलले बन्द गरेको छ। हामी समाधानमा काम गरिरहेको बेला तपाईंहरुले आफ्नो कनेक्ट गरिएको उपकरणमा स्पोटीफाई एपबाटै भोल्युम सजिलै समायोजन गर्न सक्नुहुन्छ।’

स्पोटीफाई कनेक्टले स्ट्रिमिङ एपभित्रबाटै प्रयोगकर्ताहरूलाई ब्लुटुथ वा वाईफाई मार्फत स्पिकरहरू, टिभीहरू, र अन्य उपकरणहरूसँग सिंक गर्न सहयोग गर्छ। एक पटक जोडिएपछि प्रयोगकर्ताहरूले एप्लिकेशन भित्रैबाट उपकरणमा पूर्ण नियन्त्रण गर्न सक्छन्, जुन फोनको सेटिङ मेनूमा स्वाइप गर्नुभन्दा छिटो विकल्प रहेको समाचारमा उल्लेख छ।

पहिले प्रयोगकर्ताहरूले आइफोनको भौतिक बटनहरू प्रयोग गरेर भोल्युम समायोजन गर्न सक्दथे, तर यो सुविधा अब एप्पल टीभी र होमपडमा मात्र सीमित छ।

टेक क्रञ्चका अनुसार एप्पलले स्पोटीफाईलाई यो फिचर पुनर्स्थापना गर्न होमपडसँग एकीकृत गर्न आवश्यक पर्ने बताएको छ। पाण्डोरा, युट्युब म्युजिक, डीजर ट्युनआईएन र आईहार्टरेडियोजस्ता अन्य सेवाहरूले होमपड समर्थन गर्दछन्। तर २०१८ मा यो उपकरण लन्च भएदेखि स्पोटीफाईले भने अझैसम्म त्यसो नगरेको समाचारमा जनाइएको छ।

प्रकाशित: १६ भाद्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया