साउदी अरेबियाले ‘ग्लोबल एआई शिखर सम्मेलन’को आयोजना गर्ने

Technology Khabar १५ भाद्र २०८१, शनिबार

काठमाडौं ।

साउदी डाटा र आर्टिफिसियल इन्टेलिजेन्स अथोरिटी ( एसडीएआईए ) द्वारा आयोजित तेस्रो ग्लोबल एआई शिखर सम्मेलन साउदी अरेबियाको रियादमा आगामी सेप्टेम्बर १० देखि १२ सम्म आयोजना हुँदैछ।

सम्मेलनमा एक सय देशका ३०० बढी विशेषज्ञ र निर्णयकर्ताहरूको सहभागिता रहने छ ।

शिखर सम्मेलनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टेक्नोलोजीको क्षेत्रमा विश्वव्यापी अनुभवहरूको समीक्षा गर्नेछ।

उक्त सम्मेलनमा द्रुत रूपमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टेक्नोलोजीहरू र यसको प्रभावलाई कसरी रणनीति रुपमा संचालन, उत्पादन र मापनका विषयमा केन्द्रित रहने छ। रासस/क्यूएनए

प्रकाशित: १५ भाद्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया