ब्लू ओरिजिनले आफ्नो पछिल्लो अन्तरिक्ष पर्यटन उडानमा नयाँ कीर्तिमान कायम गरेको छ।
एनएस-२६ नाम दिइएको यो मिशनलाई बिहीबार बिहान (अगस्ट २९) ब्लू ओरिजिनको वेस्ट टेक्सास स्पेसपोर्टबाट ६ जनालाई उपकक्षीय अन्तरिक्षमा पठाएर फर्काएको थियो। उक्त उडानको अधिकतम उचाई ६४.६ माइल (१०४ किलोमिटर) थियो।
ती ६ जनामध्ये एउटी २१ वर्षीया कर्सन किचेन थिइन् जो नर्थ क्यारोलिना विश्वविद्यालयको च्यापल हिल क्याम्पस (यूएनसी) की छात्रा हुन्। ब्लू ओरिजिनका अनुसार किचेन कुनैपनि महिलाद्वारा पार गरिएको ६२-माइल (१०० किमी) उचाइको कार्मन लाइन पार गर्ने सबैभन्दा कान्छी महिला हुन्।
किचेनसँग अन्तरिक्षसँग सम्बन्धित केही सम्बन्ध र आकांक्षाहरू पनि छन्: उनी ब्लू ओरिजिनमा इन्टर्न गरिरहेकी छन्। उनका बुबा, यूएनसीका व्यवसायिक प्राध्यापक जिम किचेन गत मार्च २०२२ मा कम्पनीको एनएस -२० मिशनमा उडेका थिए।
ब्लू ओरिजिनले यसअघि कार्मन लाइनभन्दा परको यात्रा गर्ने सबैभन्दा कान्छो व्यक्ति, १८-वर्षीय डच विद्यार्थी ओलिभर डेमेनलाई पनि प्रक्षेपण गरेको थियो। जेफ बेजोसको कम्पनीले यो कोशेढुंगा आफ्नो पहिलो क्रूड फ्लाइटमा नै जुलाई २०, २०२१ राखेको थियो। उक्त मिशनमा बेजोस उनका भाइ मार्क र ८२-वर्षीया उड्डयन अग्रणी वाल्ली फंकले पनि अन्तिम सीमा पार गरेका थिए।
नामले जनाए अनुसार एनएस-२६ ब्लू ओरिजिनको पुनः प्रयोग गर्न मिल्ने सब अर्बिटल भेहिकल न्यू शेफर्डको २६ औं उडान थियो। तीमध्ये ८ वटा मिशनमा चालक दल थियो भने बाँकी रोबोटिक अनुसन्धानका लागि भएका उडानहरू थिए।
सामान्य हिसाबले कार्मन लाइन नै अन्तरिक्ष छुट्याउने एक मात्र मान्यता प्राप्त सीमा होइन; नासा र अमेरिकी सैन्यले पृथ्वीको सतहबाट कम्तीमा ५० माइल (८० किमी) माथि पुगेका सबैलाई “एस्ट्रोनट विंग्स” प्रदान गर्छन्।
यस मापदण्डअनुसार किचेन अन्तरिक्ष पुग्ने सबैभन्दा कान्छी महिला होइनन्। १८-वर्षीया अनास्टासिया मायेर्स र उनका सहकर्मीहरूले भर्जिन ग्यालाक्टिकको अगस्ट २०२३ को उडानमा ५५ माइल (८८.५ किमी) को उचाई प्राप्त गरेका थिए।
भर्जिन ग्यालाक्टिक, ब्लू ओरिजिनको सब अर्बिटल पर्यटन उद्योगको प्रमुख प्रतिस्पर्धी हो जसले हाल प्रति सिट ६ लाख $600,000 शुल्क लिन्छ। यद्यपि कम्पनीले आफ्नो नयाँ “डेल्टा क्लास” को अन्तरिक्षयान सञ्चालनमा ल्याउने काम गरिरहेकाले बिक्री पुनः सुरु गरेको छैन। ब्लू ओरिजिनले भने आफ्नो टिकट मूल्य खुलाएको छैन।