आईफोन १७ सिरिजमा १२ जीबी र्याम समावेश गरिने

Technology Khabar १४ भाद्र २०८१, शुक्रबार

आईफोन १७ सिरिजमा १२ जीबी र्याम समावेश गरिने
तस्बिर सौजन्य: जीएसएमएरिना

काठमाडौं ।

एप्पलले सेप्टेम्बर ९ मा आइफोन १६ सिरिज घोषणा गर्दैछ। हालसम्मको रुमरले आईफोन १६ का चारवटै मोडेलहरूमा ८ जीबी र्याम हुने आकलन गरेका छन्। तर यसैबीच आएको अर्को रुमरले भने अर्को वर्ष आउने आइफोन १७ परिवारमा र्याम १२ जीबी हुने प्रारम्भिक खुलासा गरेको छ।

यो ठूलो परिवर्तन हो भने यसको मुख्य कारण एआई भएको बुझिएको छ। जीएसएएरिनाका अनुसार अहिलेको लागि एप्पलको इन्टेलिजेन्स फिचरहरू धेरैजसो क्लाउडमा आधारित हुनेछन् तर आइफोन १७ मोडेलहरू आएपछि धेरैजसो एआई फिचरहरू उपकरणमै हुनेछन् जसको कारणले बढी र्यामको आवश्यकता हुनेछ।

गुगलले आफ्नो नयाँ पिक्सेल ९ परिवारमा पहिले नै र्याम बढाइसकेको छ र एआई एप्लिकेसनहरूको लागि मात्र प्रयोग हुने र्यामको भाग छुट्याएको छ।

यसैले एप्पलले परम्परागत रूपमा आफ्नो आइफोनहरूमा एन्ड्रोइडको प्रतिस्पर्धाको तुलनामा कम र्याम राख्ने गरेको भए पनि २०२५ मा एआईको कारण यो परिवर्तन हुने देखिन्छ। यद्यपि यो हल्ला सही भएमा मात्र यो हुनेछ।

प्रकाशित: १४ भाद्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया