Technology Khabar १४ भाद्र २०८१, शुक्रबार
काठमाडौं ।
अमेरिकाको एउटा पुनरावेदन अदालतले १० वर्षीया बालिकाको मृत्यु भएकोबारे परेको पुरानो मुद्दा ब्युँताएको छ। उक्त बालिककी आमाले टिकटकले निकालेको ब्लयाकआउट च्यालेञ्जमा भाग लिँदा ज्यान गएका कारण केही समयअघि टिकटकविरुद्दा मुद्दा हालेकी थिइन्।
उक्त सामाजिक सञ्जालमा आएको ब्ल्याक आउट च्यालेञ्जमा मानिसहरुले लगभग ज्यान जाउञ्जेलसम्म सास रोकेर बस्नुपर्ने हुन्छ। यही च्यालेञ्जका क्रममा ती बालिकाको ज्यान गएको थियो।
अमेरिकाको संघीय कानुनले कुनै पनि प्रयोगकर्ताले पोस्ट गरेका सामग्रीको आधारमा इन्टरनेट कम्पनीमाथि मुद्दा नलाग्ने प्रावधान राखेको छ तर गत मंगलबार १० वर्षीया बालिका नाइला एण्डरसनकी आमाले टिकटकको अल्गोरिदमले नै उनकी छोरीलाई उक्त च्यालेञ्ज स्विकार्न सुझाएका कारण ज्यान गएको भन्दै न्याय पाउनुपर्ने माग राखेपछि फिलाडेल्फियामा रहेको थर्ड यूएस सर्किट कोर्ट अफ अपिल्सले उक्त मुद्दा ब्युँताएको हो।
उक्त अदालतका न्यायाधीश प्याटी स्वार्जले ३ जना न्यायाधीशको संयुक्त इजलासको प्रतिनिधित्व गर्दै सन् १९९६ को कानूनले कुनै तेस्रो पक्षका व्यक्तिले राखेको सूचनालाई मुख्य कारक नमान्ने तर टिकटकलगायतका सामाजिक सञ्जालकै अल्गोरिदमले उसकै प्लेटफर्ममा सुझाएको च्यालेञ्जलगायतका कारण घटना घटेमा कारक मान्नुपर्ने विचार व्यक्त गरेका छन्।
उक्त मुद्दामा दफा २३० ले दिने इन्टरनेट कम्पनीलाई दिने उन्मुक्ति तेस्रो पक्षलाई आफ्ना प्लेटफर्ममा यस्ता सामग्री राख्नबाट रोक्न नसकेको खण्डमा मात्र पाइने र एण्डरसनको घटनामा भने टिकटकले आफ्नै अल्गोरिदम प्रयोग गरेर आफ्नै प्लेटफर्ममा चलाएको च्यालेञ्जका क्रममा ज्यान गएकोले सम्पूर्ण जिम्मा टिकटकको हुने र यसले गत जुलाईमा उच्च अदालतले इन्टरनेट कम्पनीको अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने फैसला सही नभएको उनको ठहर थियो।
‘टिकटकले कुनै पनि सामग्री कुन क्षेत्रका र कुन उमेर समूहका व्यक्तिहरुलाई सुझाव दिने र प्रवर्द्धन गर्ने भन्ने कुराको निर्क्योल गर्छ’, उनले लेखेकी छिन्।
नाइलाकी आमाले सन् २०२१ मा ब्ल्याक आउट च्यालेञ्जका क्रममा मृत्यु भएलगत्तै टिकटकविरुद्ध मुद्दा हालेकी थिइन्। सोही मुद्दामा सर्वोच्चको फैसला चित्त नबुझेपछि हाल पुनरावेदनका तर्फबाट ब्युताइएको हो।
प्रकाशित: १४ भाद्र २०८१, शुक्रबार