साउदी अरेबियाले डिसेम्बरमा इन्टरनेट गभर्नेन्स फोरम आयोजना गर्ने

  • Technology Khabar | १३ भाद्र २०८१, बिहीबार
साउदी अरेबियाले डिसेम्बरमा इन्टरनेट गभर्नेन्स फोरम आयोजना गर्ने

काठमाडौं ।

साउदी अरेबियाले इन्टरनेट सुशासनमा सुधार गर्ने उद्देश्यले डिसेम्बर १५ देखि १९ सम्म रियादमा संयुक्त राष्ट्रसंघ इन्टरनेट गभर्नेन्स फोरम (आईजीएफ) को १९ औं संस्करण आयोजना गर्ने साउदी प्रेस एजेन्सी (एसपीए) ले बुधबार रिपोर्ट गरेको छ।

“बिल्डिङ आवर मल्टीस्टेकहोल्डर डिजिटल फ्युचर” भन्ने विषयको पाँचदिने कार्यक्रममा १,००० भन्दा बढी अन्तर्राष्ट्रिय वक्ताहरूसहित १६० देशका १०,००० भन्दा बढी सहभागीहरू भेला हुने एसपीएले भन्यो।

आईजीएफको आधिकारिक वेबसाइटकाअनुसार, २००६ देखि संगठित फोरम, डिजिटल अवसरहरुलाई अधिकतम कसरी गर्ने र डिजिटल जोखिम र चुनौतीहरुलाई सम्बोधन गर्नको लागी साझा प्रयासको सुविधाको लागी समर्पित छ।

यस वर्षको फोरमले आविष्कारको दोहन र जोखिम सन्तुलनका साथै डिजिटल युगमा मानव अधिकार र समावेशीकरणलाई अगाडि बढाउने, शान्ति, विकास र दिगोपनमा डिजिटल योगदान बढाउने र इन्टरनेटका लागि डिजिटल गभर्नेन्स* सुधार गर्ने विषयमा केन्द्रित रहने वेबसाइटले देखाएको सिन्ह्वाले रिपोर्ट गरेको छ।

*सम्पादित

प्रकाशित: १३ भाद्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार