Technology Khabar १३ भाद्र २०८१, बिहीबार
काठमाडौं ।
सोनी एक्सपेरिया १ भी१ २०२४ २५ को बेस्ट क्रियटर फोन बन्न सफल भएको छ। ईआईएसए अर्थात् एक्स्पर्ट इमेजिङ एण्ड साउन्ड एसोसियशन ६ क्याटेगरीमा विजेताहरु घोषणा गरेको थियो।
तिमध्ये मोबाइल डिभाइस सेगमेन्टमा एक्सपेरियाको उक्त फ्ल्यागशिप फोनबाहेक अनर ओपो र ह्वावेका स्मार्टफोनहरु पनि उत्कृष्ट ठहरिएका जीएसएमएरिनाले जनाएको छ।
अनर २०० प्रोलाई बेस्ट स्मार्टफोन, ओपो रेनो १२ प्रो लाई बेस्ट एआई स्मार्टफोन तथा हालै सार्वजनिक भएको ह्वावे वाच ४ प्रो को स्पेस एडिशनलाई बेस्ट स्मार्टवाच घोषणा गरिएको थियो।
यसैगरी जाइसको ट्रिपल क्यामरा र एक्सकोर टी कोटिङ भएको एक्पेरिया १ भी१ लाई अल्टिमेट ‘स्मार्टफोन फर क्रियटर्स’ घोषणा गरिएको छ। यसमा ३.५x-७.१ १२x को कन्टिन्युअस अप्टिकल जूमसहितको १२ मेगापिक्सेलको टेलिफोटो लेन्स र सबैखाले क्रियटरलाई चाहिने क्यामरा एप समावेश छ।
अनर २०० प्रो ले पनि आफ्नो भर्सटाइःल ट्रिपल क्यामरा सेटअप र आकर्षक डिजाइनका कारण सबैको मन जित्न सफल भयो। यसको पोर्ट्रेट मोड निकै उल्लेखनीय रहेको जीएसएमएरिनाले जानएको छ।
यसैगरी पहिलोपटक समावेश गरिएको एआई स्मार्टफोनको उपाधि अनावश्यक कुराहरु हटाउने एआई इरेजर २.० फिचरका कारण ओपोको रेनो १२ प्रोले जित्यो। यस्तै यसमा रहेको एआई क्लियर फेसले फोटोमा अनुहार भएको ठाउँमा स्पस्टता बढाउँने बताइएको छ।
ह्वावेको वाच ४ प्रो अद्भूत वेयरेबल भए पनि ईआईएसएले दुई रंगयुक्त नानो क्रिस्टलाइन सेरामिक बेजल भएको स्पेस एडिशनलाई विजेताका रुपमा छानियो।
प्रकाशित: १३ भाद्र २०८१, बिहीबार