अनलाइन ट्याक्सी बुकिङ प्लेटफर्म ‘इ–क्याब नेपाल’ लुम्बिनी प्रदेशमा पनि उपलब्ध

  • Technology Khabar | १२ भाद्र २०८१, बुधबार
अनलाइन ट्याक्सी बुकिङ प्लेटफर्म ‘इ–क्याब नेपाल’ लुम्बिनी प्रदेशमा पनि उपलब्ध

काठमाडौं ।

अनलाइनबाट ट्याक्सी बुकिङ गर्न सकिने डिजिटल प्लेटफर्म ‘इ–क्याब नेपाल’ ले लुम्बिनी प्रदेशमा सेवा विस्तार गरेको छ। कम्पनीका म्यानेजिङ डाइरेक्टर सन्तोष मण्डलका अनुसार इक्याबले लुम्बनी, बुटवल, भैरहवा र पाल्पामा एकैपटक सेवा विस्तार गरेको हो।

सुरुवाती चरणमा यी शहरमा आइतबारदेखि सुरू हुने सेवा बापत चालकहरूले कमिसन तिर्नु नपर्ने मण्डलले बताए। कम्पनीले विद्यार्थीहरूलाई लक्षित गरी ‘बाइक हाम्रो, आम्दानी तपाईंको’ सेवासमेत सञ्चालन गरिरहेको छ। यसअन्तर्गत कम्पनीले विद्यार्थीलाई बाइक उपलब्ध गराउने र आम्दानी बाँडफाँड गर्ने उनले बताए।

विभिन्न देशबाट नेपाल यात्रा गर्ने यात्रुहरूले अनलाइनमार्फत नै ‘शेड्युल बुक’ गरेर एयरपोर्टमै प्राइभेट ट्याक्सी उपलब्ध गरिने सुविधा समेत इक्याबमा रहेको छ।

त्यस्तै इक्याब नेपालमार्फत काठमाडौं उपत्यकाभर पार्सल डेलिभरीको समेत सुविधा छ। पार्सल डेलिभरीका लागि कम्पनीले म्याड एड एजेन्सीसँग सहकार्य गरेको मण्डलले जानकारी दिए। इक्याब नेपालमा हालसम्म १० हजार भन्दा बढी ट्याक्सीहरू आबद्ध भइसकेका कम्पनीको दावी छ।

प्रकाशित: १२ भाद्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार