भारतको डिजिटल मुद्रा ई–रुपीको परीक्षणमा ५० लाख प्रयोगकर्ता जोडिए

  • Technology Khabar | १२ भाद्र २०८१, बुधबार
भारतको डिजिटल मुद्रा ई–रुपीको परीक्षणमा ५० लाख प्रयोगकर्ता जोडिए

काठमाडौं ।

भारतको डिजिटल रुपी वा ई–रुपीको परीक्षण तीव्र गतिमा अगाडि बढिरहेको छ। यसमा हाल ५० लाख प्रयोगकर्ता जोडिएको बताईएको छ। भारतमा १६ ओटा बैंकसँगको सहकार्यमा डिजिटल रुपैयाँको परीक्षण भइरहेको छ। यो केन्द्रीय बैंक डिजिटल मुद्रा (सीबीडीसी) डिसेम्बर २०२२ मा सुरु भएको थियो।

सीबीडीसी हाल भारतसहित अन्य देशहरूमा पनि परीक्षण भइरहेको छ।

भारतीय रिजर्व बैंक (आरबीआई) गभर्नर, शक्तिकान्त दासले भनेअनुसार करिब ५० लाख प्रयोगकर्ताहरू ई-रुपीको खुद्रा परीक्षणमा संलग्न छन्। उनले यसलाई आरबीआईले वित्तीय प्रणालीमा थप्न हतार नगर्ने बताए। दासले इ–रुपीको प्रोग्रामेबिलिटी फिचरलाई वित्तीय प्रणालीमा समाहित गर्न महत्वपूर्ण हुने बताए । यसबाट कृषकले पनि सहज ऋण पाउन सक्नेछन् ।

दासले भने, “भाडाको जग्गामा खेती गर्ने किसानलाई बैंकमा जम्मा गर्ने जग्गाको स्वामित्व नभएकाले खेतीपातीमा प्रयोग हुने सामग्रीका लागि ऋण पाउन गाह्रो हुन्छ। ई–रुपीको प्रयोगलाई कार्यक्रम बनाएर किसानलाई कृषि सम्बन्धी ऋण लिन सहज हुनेछ। यसबाट बैंकहरूलाई किसानको पहिचान स्थापित गर्नको लागि जग्गाको कागजात आवश्यक पर्दैन।”

यस महिनाको सुरुमा रोयटर्सको एक रिपोर्टले गुगल पे र फोनपे जस्ता यूपिआई एपहरू पनि आरबिआई-निगरानी गरिएको डिजिटल रुपी परीक्षणमा सामेल हुने योजनामा भएको बताएको थियो। डिजिटल रुपी (ई-रुपी) दुबईमा पनि स्वीकार गरिने उल्लेख छ।

हालै, दुबई क्रिप्टो एक्सचेन्ज बाईबिटले आफ्नो पियर-टु-पियर (पी२पी) लेनदेन सेवाको लागि ई-रुपी एकीकरणको घोषणा गरेको थियो। बाइबिटले ई-रुपीलाई समर्थन गर्ने सम्बन्धमा भारतीय व्यापारीहरूबाट अनुरोध प्राप्त गरेको बताएको थियो।

पी२पी भुक्तानीहरूमा, विक्रेताले भुक्तानीलाई क्रिप्टोकरेन्सीको रूपमा एक्सचेन्जको वालेटमा जम्मा गर्छ। यस पछि विक्रेताले सम्पत्तिको लागि बिक्री मूल्य निर्धारण गर्दछ। यदि क्रेताले त्यो मूल्य स्वीकार गर्छ भने सम्झौता एक्सचेन्जमा गरिन्छ। यसपछि, भुक्तानी सिधै खरिदकर्ताबाट बिक्रेताको बैंक खातामा पठाइन्छ। यसरी पी२पी लेनदेन पूरा हुनेछ।

प्रकाशित: १२ भाद्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...