साउन महिनामा ४२ करोड हाराहारीको विद्युतीय चुलो आयात

Technology Khabar १२ भाद्र २०८१, बुधबार

साउन महिनामा ४२ करोड हाराहारीको विद्युतीय चुलो आयात
सांकेतिक तस्विर

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा नेपालमा ४१ करोड ७९ लाख ३० हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले विश्वका विभिन्न ५ देशहरुबाट उक्त मूल्य बराबरका २१ हजार १०६ थान यस्ता विद्युतीय चुलोहरु आयात गरेको हो।

यी परिमाणमा विद्युतीय चुलोहरु आयातवापत् सरकारले ५९ लाख ३२ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ।

यसरी आयात भएका विद्युतीय चुलोहरुलाई इण्डक्शन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गरिएको छ।

यीमध्ये सबैभन्दा धेरै चीनबाट ३८ करोड २९ लाख ७० हजार बराबरको १९ हजार ३६७ थान तथा भारतबाट ३ लाख ४४ हजार ५०० बराबरको १ हजार ७ सय २५ थान चुलो आएको छ।

यीबाहेक सिंगापुरबाट १ हजार बराबरको १ थान, मलेसियाबाट ३२ हजार बराबरको ६थान तथा यूएईबाट १८ हजार बराबरको ७ थान चुलो आएको पाइएको छ।

यस्तो छ तथ्याङ्क

इण्डक्शन चुलो

क्र. सं.देशपरिमाणरकम
चीन१५, ४२४३२, १७, ९, ०००
भारत१, ३३५२८, १९, ०००
मलेसिया३२, ०००
सिंगापुर१, ०००
संयुक्त अरब इमिरेट्स१८, ०००
जम्मा१६, ७७३३५, ०४, ९, ०००

 

इन्फ्रारेड चुलो

क्र. सं.देशपरिमाणरकम
चीन३, ९३६६१, ०५, ०००
भारत१२५३, २५०००
जम्मा४, ८०६६४, ३०, ०००

 

अन्य विद्युतीय चुलो

क्र. सं.देशपरिमाणरकम
चीन१३, ०००
भारत२४०३, ०२, ०००
जम्मा२४७३, १५, ०००

 

 

 

प्रकाशित: १२ भाद्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया