जमीनको उपकरणमा चुहावटको समस्यापछि स्पेसएक्सको पोलारिस ड:न मिशनमा ढिलाई

  • Technology Khabar | १२ भाद्र २०८१, बुधबार
जमीनको उपकरणमा चुहावटको समस्यापछि स्पेसएक्सको पोलारिस ड:न मिशनमा ढिलाई

काठमाडौं ।

स्पेसएक्सको पोलारिस डन मिशनको उडान कम्तीमा १ दिन ढिलो हुने भएको छ। ४ जना अन्तरिक्षयात्रीसहित उड्ने योजना बनाइएको यो मिशनका लागि केनेडी स्पेस सेन्टरको जमीनमा राखिएको उपकरणमा हिलियम ग्यास चुहावट भएपछि ढिलाई हुने कम्पनीले मंगलबार जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ।

यो जानकारी उक्त क्रू ड्रागन क्यापस्ल उड्ने प्रारम्भिक तालिकाको केही घण्टाअघि मात्रै आएको हो।

यो पाँच दिने मिशनको मुख्य हाइलाइट प्रक्षेपणको २ दिनपछि हुनेछ। यो समयमा त्यसमा रहेका ४ मध्ये २ जना सदस्यले पृथ्वीदेखि ७०० किमी पर रहेको अर्बिटमा २० मिनेटसम्म स्पेसवाक गर्नेछन्। यो स्पेसवाक कुनै पनि निजी अन्तरिक्ष कम्पनीमार्फत हुने ईतिहासकै पहिलो इभेन्ट हुने बुझिएको छ।

कम्पनीले अब भने उक्त क्रू ड्रागन क्याप्सुललाई बुधबार बिहान ३:३८ जीएमटी नेपाली समय अनुसार बिहान ९ २३ बजे फाल्कन ९ बुस्टरमा राखेर प्रक्षेपण गर्ने योजना बनाएको छ।

‘प्राविधिक टोलीले जमीनको उपकरणमा हिलियम चुहावटको जाँच गरिरहेको छ, कम्पनीले मंगलबारको पोस्टमा भनेको छ, ‘फाल्कन तथा ड्रागन स्वस्थ रहनेछन् भने सदस्यहरु लो अर्थ अर्बिटमा हुने उक्त पाँच दिने मिसनमा जानेछन्।’

प्रकाशित: १२ भाद्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार