स्टार्टअप सञ्चालन गर्ने सोच्दै हुनुहुन्छ? ३ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण चाहिए प्रस्ताव पेश गर्नुहोस्

Technology Khabar ११ भाद्र २०८१, मंगलवार

स्टार्टअप सञ्चालन गर्ने सोच्दै हुनुहुन्छ? ३ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण चाहिए प्रस्ताव पेश गर्नुहोस्
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्वीर।

काठमाडौं ।

अब स्टार्टअप सञ्चालन गर्ने सोच भएकाहरुलाई लगानी गर्ने उद्यम पुँजीले नरोक्ने भएको छ। यस प्रकारको ऋण अब सरकारले नै उपलब्ध गराउने भएको छ।

यसका लागि सरकारले प्रस्ताव पेश गर्न आह्वान गर्दै मंगलवार एउटा सूचना प्रकाशन गरेको छ। उक्त सूचनामा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले  जारी गरेको हो जसमा स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ अनुसार योग्यता पूरा गरेका उद्यमीहरूलाई आफ्नो परियोजना प्रस्ताव पेश गर्न आह्वान गरिएको छ।

अनलाइनमार्फत आफूले बनाएका परियोजना प्रस्ताव २१ दिनभित्र पेश गर्न सकिने भन्दै नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीहरूले कार्यविधिको अनुसूची-३ बमोजिमको ढाँचा अनुरुप प्रस्ताव हुनुपर्ने प्रावधान रहेको जानकारी उक्त सूचनामा रहेको छ।

उक्त कार्यक्रमका लागि रीतपूर्वक आएकामध्ये छानिएका स्टार्टअपहरुले तीन प्रतिशत ब्याजदरमा ५ देखि २५ लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन्। पाँच वर्ष भाका रहेको यस प्रकारको ऋणका लागि उद्योग/व्यवसाय दर्ता भएको १० वर्ष नाघेको हुनु नहुने तथा वार्षिक कारोबार १५ करोड नाघेको हुनु नहुने शर्त तोकिएको छ।

यसका लागि व्यक्तिले प्रस्ताव पेश गर्न पाइने व्यवस्था छैन भने कम्तीमा निजी फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्थाका उद्यमहरू हुनु पर्ने पूर्वशर्त रहेको छ।​

अनलाइन वा अफलाइन दुवै तरिकाले पेश गर्न सकिने यो परियोजना प्रस्तावको लागि तलको लिंकमा गएर हेर्न सकिन्छ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको वेबसाइट

प्रकाशित: ११ भाद्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया