एक महिनामै भित्रियो साढे ३३ क‍रोडभन्दा बढीको राउटर

Technology Khabar ११ भाद्र २०८१, मंगलवार

एक महिनामै भित्रियो साढे ३३ क‍रोडभन्दा बढीको राउटर
बिग डिजिटलको शोरुममा बेच्न राखिएका बिभिन्न ब्राण्डका राउटरहरु। फाइल तस्विर

काठमाडौं ।

नेपालमा राउटरको आयात उल्लेख्य मात्रामा बढेको देखिएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को साउन महिनाको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार एक यो महिनामा ३३ करोड ३३ करोड ६८ लाख ८९ हजार रुपैयाँ बराबरको राउटर आयात भएको छ।

यो एक महिना यति रकम बराबरको १ लाख १५ हजार ९९९ थान राउटर आयात भएको विवरणमा उल्लेख छ।

गत आर्थिक वर्ष २०८०/८१ को सोहि अवधि अर्थात् साउन महिनामा ३२ करोड ६३ लाख १७ हजार रुपैयाँ बराबरको ८० हजार ४१२ थान राउटर आयात भएको थियो।

सङ्ख्याका आधारमा हेर्दा गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा राउटरको आयात ३५ हजार ५८७ थान अर्थात् ४४.२५ प्रतिशतले बढेको देखिन्छ।

सङ्ख्यामा यति धेरै परिमाणको फरक देखिए पनि रकममा भने खासै बढोत्तरी भएको छैन। यसको मतलब लगभग उत्ति नै रकम बाहिर गए पनि राउटरको सङ्ख्या भने झण्डै दोब्बर हाराहारीमा आयात भएको हो।

सरकारले उक्त परिमाणको राउटर आयातबाट यो अवधिमा ६ करोड २८ लाख ३१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यो साउनमा चीन र पोर्चुगल गरी जम्मा २ मुलुकबाट मात्र राउटर आयात भएको छ।

यो अवधिमा चीनबाट ३३ करोड ६५ लाख १४ हजार रुपैयाँ बराबरको १ लाख १५ हजार ९९७ थान राउटर आयात भएको छ। यसैगरी पोर्चुगलबाट ३ लाख ७५ हजार रुपैयाँ बराबरको २ थान राउटर आयात भएको छ।

क्र. सं.देशविवरण/परिमाणरकम
चीन१, १५, ९९७३३, ६५, १४, ०००
पोर्चुगल३, ७५, ०००
जम्मा१, १५, ९९९३३, ६८, ८९, ०००

प्रकाशित: ११ भाद्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया