इलन मस्कले किन भने? ‘डुरोभलाई पक्राऊ गरे जुकरबर्गलाई पनि पक्राऊ गर्नुपर्छ’

Technology Khabar ११ भाद्र २०८१, मंगलवार

काठमाडौं ।

टेस्ला तथा स्पेसएक्सका सीईओ एलन मस्कले आइतबार टेलिग्रामका संस्थापक पावेल डुरोभको समर्थन गर्दै मार्क जुकरबर्गलाई पनि गिरफ्तार गर्नुपर्ने विचार व्यक्त गरेका छन्।

मेटा अन्तर्गतको इन्स्टाग्राममा “ठूलो परिमाणमा बाल शोषण” को समस्या रहेका कारण उनलाई पक्राऊ गर्नुपर्ने मस्कको भनाई थियो। अर्बपति मस्कको यो प्रतिक्रिया लोकप्रिय इन्क्रिप्टेड मेसेजिङ एप टेलिग्रामका संस्थापक तथा सीईओ पावेल डुरोभलाई उनको प्लेटफ़र्मसँग सम्बन्धित थुप्रै आरोप लगाउँदै फ्रान्समा पक्राऊ गरेपछि आएको हो।

यदि यी सबै आरोपहरु सही ठहरिएर डुरोभ दोषी भएको पाइएमा उनलाई २० वर्षसम्म जेल सजाय हुन सक्ने अन्तर्राष्ट्रिय समाचार संस्था एबीपीलाईभले उल्लेख गरेको छ।.

एलन मस्कले मेटाका संस्थापक ‘मार्क जुकरबर्ग पहिलादेखि नै सेन्सरशिपको दबाबमा आइसकेका बताउँदै एक्समा यस्तो पोस्ट गरे, “इन्स्टाग्राममा बालबालिकाको शोषणसम्बन्धी गम्भीर समस्या छ तर जुकरबर्गलाई भने पक्राऊ गरिएको छैन किनकि उनीसँग वाक स्वतन्त्रतामाथि सेन्सर लगाउन सक्ने शक्ति छ भने सरकारलाई पछाडिको ढोकाबाट प्रयोगकर्ताहरुको डाटासम्म पुग्न मद्दत गर्दछन्’ भन्ने आरोप लगाए।

टेक अर्बपतिका रुपमा चिनिने मस्कले भने, ‘ वाक स्वतन्त्रतामाथिको समर्थनका लागि विशेषगरी सेन्सरशीप लागू भएका देशमा कुनै पनि एक्सको पोस्टलाई आफ्ना चिनजानका मानिसहरुलाई फर्वार्ड गर्नु जरुरी हुन्छ।’

जुकरबर्गले माफी मागेका थिए

यसै वर्षको फ़ेब्रुअरी महिनामा जुकरबर्गले क्यापिटल हिलमा सीनेटको सुनुवाईका क्रममा अनलाइन बाल यौन शोषण पीड़ितका परिवारजनसँग माफ़ी मागेका थिए।.

अर्बपति उद्यमी जुकरबर्गले बालबालिकाका आमाबुबालाई भनेका थिए,’तपाईँहरुले जे जति सहनुपरेको छ त्यसमा मलाई खेद छ। तपाईँहरुको परिवारले जे भोग्नुभएको छ त्यो कसैले पनि भोग्नु नपरोस्, ‘यसैकारण यस प्रकारको पीडा कसैलाई पनि भोग्नु नपरोस्यस भन्ने उद्देश्यले हामी यति धेरै रकम लगानी गर्छौं।’

यसबाट मस्क र जुकरबर्गबीच प्रतिस्पर्धा कायमै रहेको आकलन गर्न सकिन्छ।

प्रकाशित: ११ भाद्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया