यो वर्ष धेरै आईफोनहरू उत्पादन गर्ने एप्पलको योजना, प्रायः प्रो र प्रो म्याक्स मोडेलहरूमा जोड

Technology Khabar ११ भाद्र २०८१, मंगलवार

काठमाडौं ।

आगामी आईफोन १६ सिरिज यस वर्ष सेप्टेम्बर १० तारिखमा डेब्यू हुने अपेक्षा गरिएको छ। यसै क्रममा द इलेकले एप्पलको उत्पादन योजनाहरू खुलासा गर्दै आपूर्ति सिरिज जानकारी प्राप्त गरेको जनाइएको छ।

ओईएम ले सुरुवातमा लगभग ९०.१ मिलियन आईफोनहरू उत्पादन गर्ने जनाइएको छ जुन गत वर्षको ८६.२ मिलियन लक्ष्यभन्दा अलि बढी भएको जनाइएको छ। पहिले जस्तै, कम्पनीले थप प्रो म्याक्स मोडेलहरू उत्पादन गर्ने योजना बनाएको छ, जुन कुल मिश्रणको ३७ प्रतिशत वा ३३.२ मिलियन युनिट हुने उल्लेख गरिएको छ।

यो सङ्ख्या गत वर्षको २४.२ मिलियन आईफोन १५ प्रो म्याक्सभन्दा उल्लेखनीय रूपमा बढी हो। साथै नियमित १६ प्रो युनिटहरू गत वर्षको २१.८ मिलियन १५ प्रो मोडेलहरूबाट २६.६ मिलियन (३० प्रतिशत) हुने अपेक्षा गरिएको छ।

नन्–प्रो भेरियन्टहरूले कुल उत्पादनको ३३ प्रतिशत योगदान गर्नेछ भने स्ट्याण्डर्ड आईफोन १६ ले २१.८ मिलियन युनिटबाट २४.५ मिलियन (२७ प्रतिशत) मा सामान्य वृद्धि देखेको जनाइएको छ।

त्यसैगरी आईफोन १६ प्लस ५.८ मिलियन (६ प्रतिशत) मात्र उत्पादन हुने थप उल्लेख गरिएको छ। साथै कटौती देख्ने यो एक मात्र मोडेल हुने जनाइएको छ। सन्दर्भको लागि, गत वर्ष आईफोन १५ प्लस उत्पादनको लागि भनेर ८.५ मिलियनको योजना गरिएको थियो।

त्यसैगरी मागको आधारमा योजनाहरू जहिले पनि परिवर्तन हुन सम्भावना रहेको भए तापनि प्लस मोडेलको माग भने प्रत्येक वर्ष घट्दै गइरहेको जनाइएको छ। त्यसैले एप्पलले यसलाई भविष्यमा अर्को आईफोन भेरियन्टमा प्रतिस्थापन गर्ने अफवाहहरू सत्य हुन सक्ने थप उल्लेख गरिएको छ।

आईफोन १६ प्रो र १६ प्रो म्याक्सको उत्पादनमा भएको वृद्धिले एप्पलको राजस्व बढाउने संकेत गर्दछ। यी मोडेलहरू कम्पनीको पोर्टफोलियोबाट सबैभन्दा महँगो मोडेलहरू हुन् र यसले वास्तवमा ठूलो नाफा मार्जिन पनि लिन सक्छ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ११ भाद्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया