Technology Khabar १० भाद्र २०८१, सोमबार
काठमाडौं ।
एप्पलले कथित रूपमा सेप्टेम्बर १० लाई आफ्नो अर्को हार्डवेयर लन्च कार्यक्रमको मितिको रूपमा लक्षित गर्दैछ जहाँ आईफोन १६ परिवारले नयाँ वाचहरू र एयरपडहरूसँगै आफ्नो भव्य डेब्यू गर्ने जनाइएको छ।
सामान्यतया एप्पल–सम्बन्धित जानकारीको लागि निकै भरपर्दो स्रोत मानिने गरिएको ब्लूमबर्गका मार्क गर्मनबाट यो जानकारी आएको उल्लेख गरिएको छ।
यदि एप्पलको यो कार्यक्रम वास्तवमा सेप्टेम्बर १० तारिखमा नै भएको खण्डमा भने नयाँ डिभाइसहरू सेप्टेम्बर २० तारिखदेखि बिक्रीमा जाने जनाइएको छ। साथै यी सबै जानकारीहरू यस “परिस्थितिसँग परिचित व्यक्तिहरू” बाट आएको जनाइएको छ र एप्पलले भने आफ्नो अर्को कार्यक्रमको बारेमा आधिकारिक रूपमा केही घोषणा नगरेको थप उल्लेख छ। त्यसैगरी कम्पनीले यस रिपोर्टमा टिप्पणी गर्न पनि अस्वीकार गरेको उल्लेख गरिएको छ।
सबै आईफोन १६ मोडेलहरूले सम्पूर्ण नयाँ क्याप्चर बटनका साथै क्यामेरामा केही सुधारहरू पनि पाउने भएका छन्। त्यसैगरी डिभाइसमा नयाँ चिप्स पनि हुने सम्भावनाको साथै ठूला स्क्रिनहरू पनि समावेश गरिने जनाइएको छ। यसबाहेक नयाँ डिभाइसहरू एप्पल इन्टेलिजेन्स सुविधाहरूको साथ पनि आउने थप उल्लेख गरिएको छ।
एप्पल वाच एक्स वा एप्पल वाच सिरिज १० पातलो हुनुका साथै ठूला स्क्रिनहरू रहने जनाइएको छ। त्यसैगरी भ्यानिला एयरपड्स दुईवटा मोडेलमा भएका आउनेछन् र ती मध्ये नन्–प्रो सिरिजमा पहिलो पटक नोइज क्यान्सिलेसन रहनेछ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १० भाद्र २०८१, सोमबार