स्मार्टवाचको आयात अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले घट्यो

Technology Khabar १० भाद्र २०८१, सोमबार

काठमाडौं ।

नेपालमा स्मार्टवाचको आयात अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले घटेको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को साउन महिनाको वैदेशिक व्यापारको तथ्यांकमा यस्तो उल्लेख भएको छ।

यो अवधिमा ५ हजार ७७३ थान स्मार्टवाच आयात भएको छ।
गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधि अर्थात साउन महिनाभरी १७ हजार ९९७ थान स्मार्टवाच आयात भएको थियो।

यो आँकडालाई हेर्दा गत वर्षको सोही अवधिको तुलनामा चालु आवको पहिलो महिनामा स्मार्टवाचको आयात २२ प्रतिशतले घटेको छ।

सङ्ख्याका हिसाबले हेर्दा गत आवको साउन महिनाको तुलनामा यो आवको साउन महिनामा नेपालमा स्मार्टवाचको आयात १२ हजार २२४ थानले घटेको छ।

यो महिना स्मार्टवाचका लागि २ करोड ४३ लाख ६८ हजार देशबाहिर गएको छ भने सरकारले ७३ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो महिना नेपालमा १२ मुलुकबाट स्मार्टवाच आयात भएको देखिन्छ। गत आवको सोही अवधिमा १४ मुलुकबाट स्मार्टवाच आयात भएको थियो।

यस वर्षको आयात विवरणअनुसार सबैभन्दा धेरै ४ हजार ७७५ थान स्मार्टवाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य १ करोड २ लाख २२ हजार रुपैयाँ रहेको छ। यसैगरी भारतबाट ४६७ र भियतनामबाट ४५० थान स्मार्टवाच भित्रिएका छन् जसका लागि क्रमश: ५ लाख १३ हजार तथा  १ करोड ३३ लाख २९ हजार रुपैयाँ विदेशिएको छ।

यो सूचीमा जर्मनीबाट ७३ हजार बराबरको ४४ थान तथा यूएईबाट १ लाख ५ हजार बराबरको २३ थान स्मार्टवाच आएको पनि देखिन्छ। यसबाहेक अमेरिकाबाट ४२ हजार बराबरको ४ थान, दक्षिण कोरिया, नर्वे, श्रीलंका तथा थाइल्याण्डबाट समान २-२ थान र अष्ट्रेलिया र हङकङबाट समान १-१ थान आयात भएको छ।

यस्तो छ आयात विवरणको तालिका:

क्र.स.देशसङ्ख्यारकम
अस्ट्रेलिया२०, ०००
चीन४७७५१, ०२, २२, ०००
जर्मनी४४७३, ०००
हङकङ
भारत४६७५, १३, ०००
दक्षिण कोरिया३५, ०००
नर्वे२४, ०००
श्रीलंका३, ०००
थाइल्याण्ड२, ०००
१०यूइई२३१, ०५, ०००
११संयुक्त राज्य अमेरिका४२, ०००
१२भियतनाम४५०१, ३३, २९, ०००
१३जम्मा५, ७७३२, ४३, ६८, ०००

 

प्रकाशित: १० भाद्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया