अन्तत: अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा फसेका दुई अन्तरिक्षयात्रीलाई स्पेसएक्समार्फत् पृथ्वीमा ल्याइने पक्का

  • Technology Khabar | १० भाद्र २०८१, सोमबार
अन्तत: अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा फसेका दुई अन्तरिक्षयात्रीलाई स्पेसएक्समार्फत् पृथ्वीमा ल्याइने पक्का
तस्बिर सौजन्य: नासा

काठमाडौं ।

अमेरिकी अन्तरिक्ष नियोग नासाले अन्ततः अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएसमा फसेका दुई अन्तरिक्षयात्रीहरूको जीवन स्पेसएक्सको हातमा राख्ने निर्णय गरेको छ। यो निर्णय लिनका लागि नासालाई केही हप्ता गम्भीर छलफल र सुरक्षा चिन्ताहरूको चिन्ता गर्नुपरेको थियो।

अन्तर्राष्ट्रिय समाचार संस्था बिजनेस इन्साइडरका अनुसार नासाका प्रशासक बिल नेल्सनले शनिबार ह्युस्टनको जोनसन स्पेस सेन्टरमा आयोजित एक पत्रकार सम्मेलनमा यस्तो घोषणा गरेका थिए।

सुनिता विलियम्स र बुच विल्मोर नामका ती दुई अन्तरिक्षयात्रीहरू ११ हप्तादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा अड्किरहेका छन्। उनीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आठ दिनको लागि मात्र भनेर पठाइएको थियो।

आठ दिनको लागि मात्र भनेर पठाइएको भए पनि स्टारलाइनरका २८ वटा रिएक्शन कन्ट्रोल सिस्टम थ्रस्टरहरूमध्ये पाँचवटामा गडबडी देखिएपछि समस्या सुरु भयो। यसै क्रममा अन्तरिक्षयानमा रहेको हिलियम ग्याँस पनि चुहिन थाल्यो।

मिशन कन्ट्रोलरहरूले स्टारलाइनरमै सुरक्षित रूपमा ती अन्तरिक्षयात्रीहरूलाई पृथ्वीमा फिर्ता ल्याउन सकियोस् भन्ने उद्देश्यले उयी समस्याहरू समाधान गर्ने र अन्तरिक्षयानको परीक्षण गर्ने प्रयास गरिरहेका थिए।

नासा नेतृत्वले शुक्रबार बिहान आन्तरिक बैठक बोलाएर विलियम्स र विल्मोरलाई बोइङको स्टारलाइनर अन्तरिक्षयानबाट सुरक्षित रूपमा पृथ्वीमा फर्काउन सकिन्छ कि स्पेसएक्सको क्रु ड्र्यागनमा भर पर्नुपर्ने भन्ने विषयमा समीक्षा गरेको थियो। उक्त समीक्षाका क्रममा अब स्टारलाइनरको सट्टा स्पेसएक्सको क्रू ड्रागनमा २ सिट मागेर उनीहरुलाई पृथ्वीमा ल्याउने नासाले निर्णय गरेको हो।

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा फसेका दुई अन्तरिक्ष यात्रीलाई पृथ्वीमा कसरी फर्काउने भन्नेबारे घोषणा आज

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका दुई अन्तरिक्षयात्रीलाई पृथ्वीमा फर्काउने योजना अझै अलपत्र

अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका दुई अन्तरिक्ष यात्रीलाई पृथ्वीमा ल्याउन हुँदैछ यस्तो प्रयास

प्रकाशित: १० भाद्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार