‘युथ एआई इनोभेसन’ को फाइनल झेजियाङमा

Technology Khabar ९ भाद्र २०८१, आईतवार

काठमाडौं ।

चीनको सातौँ राष्ट्रिय ‘युथ एआई इनोभेसन’ प्रतियोगिताको फाइनल शनिबार चीनको पूर्वी प्रान्त झेजियाङमा सुरु भएको छ।

चीनको कम्युनिस्ट युथ लिगको केन्द्रीय समितिका अनुसार दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा ३१ प्रान्तका साथै हङकङ र मकाउका करिब सात हजार सहभागीले प्रतिस्पर्धा गर्नेछन्।

यस वर्षको प्रतिस्पर्धामा एक लाख २० हजारभन्दा बढी सहभागी आकर्षित भएका छन् र यसमा १७ विशेष प्रतियोगिताहरू समावेश छन्।

प्रतिस्पर्धीहरूले रोबोट, एप्लिकेसन, प्रोग्राम, अल्गोरिदम डिजाइन, स्मार्ट चिप्स र बिस्तृत कृतिम बौद्धिकता प्रविधि आविस्कारजस्ता क्षेत्रमा आफ्ना नवीन विचार र कुशलहरू प्रदर्शनहरू गर्नेछन्।

सन् २०१६ मा स्थापना भएदेखि वार्षिकरूपमा हुने प्रतिस्पर्धामा दुई लाख ८० हजारभन्दा बढी युवाहरूलाई संलग्न भइसकेका छन्।

प्रतिस्पर्धाको उद्देश्य युवाहरूमा नवीनताको विकास गर्नु र रचनात्मक सोचलाई अगाडि बढाउनु हो। रासस/एएफपी

प्रकाशित: ९ भाद्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया