एक महिनामा तीन अर्ब ४६ करोड ६३ लाखको ‘स्मार्टफोन’ आयात

Technology Khabar ८ भाद्र २०८१, शनिबार

काठमाडौं ।

पछिल्ला वर्षहरूमा डिजिटल ग्याजेटहरूको आयात बढ्दै गएको छ। भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो एक महिनामा साउनमा मात्रै नेपालले रु ३ अर्ब ४६ करोड ६३ लाख भन्दा बढीको स्मार्ट फोन आयात गरेको हो।

यसैबीच, चालु आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ व्यापार घाटा भएको छ। यस अवधिमा १४० अर्ब ६० करोड रुपैयाँको व्यापार भएको छ।

नेपालले पहिलो महिनामा १२ अर्ब २२ करोडको निर्यात र १२८ अर्ब ३७ करोडको आयात गरेको थियो।

तर, गत आर्थिक वर्षको सोही महिनाको तुलनामा आयात ०.६७ प्रतिशत र निर्यात ९.६३ प्रतिशतले घटेको छ ।

पछिल्लो एक महिनामा नेपालले भारतसँग मात्रै ७० अर्ब १० करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा भारतबाट ७७ अर्ब ६८ करोड रुपैयाँको आयात भएको थियो भने निर्यात ७ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो ।

त्यसैगरी सोही अवधिमा चीनबाट आयातको मौद्रिक मूल्य २ करोड ४५ लाख ४० हजार रहेको छ भने निर्यात १५ करोड ७० लाख रुपैयाँ रहेको छ ।

नेपालले कतार, युक्रेन, अष्ट्रेलिया, बहराइन र मलेसियासँग व्यापार घाटा बेहोरेको छ। रासस

प्रकाशित: ८ भाद्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया