
काठमाडौं ।
सामाजिक सञ्जाल एक्सले नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंको अकाउन्ट सस्पेन्ड गरेको छ।
आफ्नो एक्स अकाउन्टमा बालबालिकाको नग्न भिडियो राखेपछि उनको अकाउन्ट सस्पेन्ड भएको हो।
उनले अन्य बालबालिकाको भिडियो राखेर आफ्नो बाल्यकालको स्मरण गरेका थिए। उक्त भिडियो राखेसँगै उनको आलोचना भएको थियो।
लगत्तै उनको अकाउन्ट सस्पेन्डमा परेको हो।
प्रकाशित: ८ भाद्र २०८१, शनिबार