सामाजिक सञ्जाल नियमन गर्ने कानुन तयार गरिँदै

Technology Khabar ८ भाद्र २०८१, शनिबार

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालहरूको सञ्चालन, प्रयोग र नियमन गर्ने कानुन तयार भइरहेको बताएका छन्।

अर्थतन्त्रले देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा ३ प्रतिशत योगदान गर्ने गरी सरकारले काम गरिरहेको उनले डिजिटल जानकारी दिए।

मन्त्री गुरुङले शुक्रबार राजधानीमा एक  कार्यक्रमका बिच अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहमति लिएर चाँडै संसद्मा पेस गरिने बताउँदै उनले यसै वर्ष कानुन निर्माणसम्बन्धी काम पूरा हुने उल्लेख गरे।

मुलुकमा साइबर सुरक्षा सम्बन्धी समस्या रहेको बताउँदै उनले सूचना प्रविधि कानुनसँग ‘मर्ज’ गरेर साइबर सुरक्षासम्बन्धी कानुन ल्याउन लागिएको जानकारी दिए। त्यसैगरी नेपाल टेलिकम, दूरसञ्चार प्राधिकरणसँग सम्बन्धित कानुन बनाउनुपर्ने आवश्यकता औँल्याए।

नेपाल टेलिकमको गुणस्तर र ‘कभरेज’ बारे समेत धेरै प्रश्न उठेको उल्लेख गर्दै मन्त्री गुरुङले नेपाल टेलिकमको ‘कभरेज’ बढाउने र गुणस्तर निर्माण गर्ने आफ्नो प्राथमिकता रहेको बताए।

उनले भने, “नियमन गर्न नसक्दा दूरसञ्चार प्राधिकरणमा भद्रगोल र अराजकता छ, टेलिकम सेवा प्रदायक संस्थाहरू दुषित प्रतिस्पर्धा गर्छन्। अलिकति तलमाथि पर्यो भने मुद्दा हालिहाल्छन्, काम गर्नै दिँदैनन् । १५२ ओटा टावर बनाउन बोलपत्र आह्वान गरिएकोमा मुद्दा हालेर त्यो बन्न दिएनन् ।”

प्रकाशित: ८ भाद्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया