पत्रकारिता र एआई अनुसन्धानका क्षेत्रमा करोडौं डलर लगानी गर्दै क्यालिफोर्निया

  • Technology Khabar | ८ भाद्र २०८१, शनिबार
पत्रकारिता र एआई अनुसन्धानका क्षेत्रमा करोडौं डलर लगानी गर्दै क्यालिफोर्निया

काठमाडौं ।

क्यालिफोर्निया करदाता तथा प्रविधि कम्पनीको लाखौं डलर पत्रकारिता तथा आर्टिफिसयल इन्टेलिजेन्सका क्षेत्रमा प्रयोग गर्ने अमेरिकाको पहिलो राज्य हुने भएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था एपीन्युजका अनुसार गत बुधबार आएको यो निर्णय राष्ट्रकै पहिलो सम्झौता अन्तर्गत क्यालिफोर्निया राज्य र प्रविधि कम्पनीले आगामी ५ वर्षको अवधिमा क्यालिफोर्नियामा रहेका समाचार सम्बद्ध संस्थाहरुलाई र एआई अनुसन्धान कार्यक्रमलाई जनही २५ करोड डलर हाराहारी भुक्तानी गर्नेछन्।

यो सम्झौतामा मध्यस्थता गरेका डेमोक्रेटिक सांसद बफ्फी विक्सका अनुसार यो अभियान सन् २०२५ मा पहिलो वर्ष १० करोड डलरबाट शुरु हुनेछ भने यसमध्ये अधिकांश रकम समाचार संस्थालाई जानेछ।

‘यो सम्झौता न्युजरुमको अस्तित्व टिकाइराख्ने तथा क्यालिफोर्नियाको स्थानीय पत्रकारितालाई दरिलो सहयोग गर्ने कुरामा एउटा कोसेढुंगो सावित हुनेछ जसले क्यालिफोर्नियाका बासिन्दामाथि कुनै नयाँ कर नथोपरी उल्लेख्य प्रविधि उद्योगका स्रोतलाई टेवा दिन्छ,’ गभर्नर ग्याभिन न्युसनले विज्ञप्तिमा भनेका छन्, ‘यो सम्झौता सयौं नयाँ पत्रकारलाई सघाउन पुँजी मात्र उपलब्ध गराउने नभई हाम्रो प्रजातन्त्रका लागि पत्रकारिताको महत्वपूर्ण भूमिकालाई मजबुत बनाउँदै आगामी वर्षहरुमा क्यालिफोर्नियाको दरिलो र गतिशील पत्रकारिता क्षेत्र पुनर्निर्माण गर्न सहयोग गर्नेछ।  ‘

प्रकाशित: ८ भाद्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...