Technology Khabar ८ भाद्र २०८१, शनिबार
काठमाडौं ।
विद्युतीय सवारीको क्षेत्रमा विश्वमा चीनको दबदबा कायमै छ। हाल चीन ब्याट्रीबाट चल्ने मानिसजस्तै देखिने रोबोट बनाउने प्रतिस्पर्धामा टेस्लालाई पछ्याइरहेको छ। यिनीहरुले विद्युतीय सवारी निर्माण गर्ने कारखानामा छिट्टै मानव कर्मचारीहरुलाई विस्थापित गर्ने आकलन गरिएको रोयटर्सले जनाएको छ।
यसै हप्ता बेइजिङमा भएको विश्व रोबोट सम्मेलनमा दर्जनभन्दा बढी चिनियाँ कम्पनीले फ्याक्ट्री तथा गोदामहरुमा काम गर्नका लागि परिचालन गर्न मिल्नेगरी मानव जस्ता डिजाइनका रोबोट प्रदर्शन गरेका थिए। यीमध्ये धेरैले चीनमै बनेका सामग्रीहरुबाट बनाइएका रोबोटहरु राखेका थिए।
चीनले करिब १ दशकभन्दा बढी समयअघि विद्युतीय सवारी उत्पादनको शुरुवात गरेक चीन उदीयमान उद्योगहरुतर्फ आकर्षित हुने बुझ्न सकिन्छ। त्यति बेला चीनले नयाँ क्षेत्रमा हात हाल्दा सरकारको सहयोग पाइने, नव प्रवेशी कम्पनीहरुबीच तीव्र प्रतिस्पर्धा हुने तथा आपूर्ति श्रृङ्खला पनि मजबुत हुने कुरालाई आधार बनाएको आकलन गर्न सकिन्छ।
‘चीनको मानव डिजाइनका रोबोट बनाउने उद्योगले आपूर्ति श्रृङ्खलालाई एकीकृत गर्ने तथा त्यसबाट बृहत् उत्पादनको क्षमता बढाउनेतिर निकै फाइदा पुर्याएको देखाएको छ’, चीनमा रहेको लिडलिओ रिसर्च इन्स्टिच्युटका विश्लेषक आर्जन रावले बताए।
यो रोबोटिक प्रयास राष्ट्रपति शी जिन पिङको प्रविधिमा ‘नयाँ उत्पादनशील क्षेत्र’ निर्माण गर्ने नीतिबाट समर्थित भएङ्को जनाइएको छ। यो बुँदा गत हप्ता आयोजित एउटा कार्यक्रमको ब्रुशरमा उल्लेख गरिएको रोयटर्सले जनाएङ्को छ।
बेइजिङले गत जनवरीमा रोबोटिक्सका क्षेत्रमा १ अर्ब ४० करोड डलर बराबरको सरकार समर्थित कोष सार्वजनिक गरेको थियो भने शाङ्घाईले गत जुलाईमा सोही रकम बराबरको मानव डिजाइनका रोबोट उत्पादन गर्ने कोष ख८ गर्ने घोषणा गरेको थियो।
प्रकाशित: ८ भाद्र २०८१, शनिबार