एफसी बार्सिलोनाको आधिकारिक स्मार्टफोन पार्टनर एचएमडी

Technology Khabar ७ भाद्र २०८१, शुक्रबार

काठमाडौं ।

एचएमडी एफसी बार्सिलोनाको आधिकारिक स्मार्टफोन पार्टनर बन्ने भएको छ। एचएमडीले भर्खरै यस बारे घोषणा गरेको जनाइएको छ। कम्पनीले पुरुष क्लबका साथै ‘बार्सिलोना फेमेनी’ महिला टोलीलाई समर्थन गर्ने उल्लेख छ।

त्यसैगरी बास्केटबल, फुटसल, ह्यान्डबल र रोलर हक्की लगायतका अन्य खेलहरुका टोलीहरु पनि साझेदारीमा सहभागी हुने घोषणाले जनाएको छ।

क्याटालान टोलीको भविष्यका स्टार र १७ वर्षीया वुन्डरकिन्ड लामिन यामलका हेयरड्रेसर साउल पेरेग्रिनाले साझेदारीको खुलासा गरेको जनाइएको छ। उनले बार्सिलोना क्रेस्टको छेउमा एचएमडी लोगो काटेर औपचारिक रूपमा साझेदारीको घोषणा गरेको जनाइएको छ।

उक्त सम्झौता सुरुमा तीन वर्षको लागि हुने र हाल एफसी बार्सिलोनाले खेल्ने गरेको ओलम्पिक स्टेडियमको डिजिटल प्यानलहरूमा एचएमडीले आफ्ना स्मार्टफोनहरूको विज्ञापन गर्ने जनाइएको छ। साथै टोली आफ्नो नवीकरण गरिएको ‘क्याम्प नोउ’ घरमा सरेपछि त्यहाँ पनि विज्ञापनहरू देखा पर्ने उल्लेख गरिएको छ।

पछि गएर साझेदारीले “फ्यानहरूलाई उत्तेजित गर्न र साझेदारीको भिजिबिलिटि लेभल उच्च राख्नको लागि धेरै डिजिटल–फर्स्ट कन्टेन्ट पिसेस् (सामग्री टुक्राहरू) मा विस्तार गरिनेछ” आधिकारिक प्रेस विज्ञप्तिमा उल्लेख गरिएको जनाइएको छ।

यसअघि एचएमडी एफसी बार्सिलोनासँग ओप्पोको विभिन्न स्मार्टफोन साझेदार गरेको थियो। साथै एफ१ प्लस र रेनो १०एक्स जुम जस्ता धेरै एफसी बार्सिलोना–थीममा आधारित ओप्पो फोनहरू रहेको थिए। यद्यपि चिनियाँ स्मार्टफोन निर्माताले हाल च्याम्पियन्स लिग प्रतियोगितामा आफ्ना डिभाइसहरू प्रवर्द्धन गर्न यूईएफएसँग साझेदारी गर्दै आएको जीएसएमएरिनाले उल्लेख गरेकोछ।

प्रकाशित: ७ भाद्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया