Technology Khabar ७ भाद्र २०८१, शुक्रबार
काठमाडौं ।
सामसङ ग्यालेक्सी एस२५ अल्ट्राले न्यारो बडीको साथमा ठूलो स्क्रीन ल्याउने भएको छ र यसैक्रममा प्रोलिफिक लीकस्टर आइस युनिभर्सले सटीक आयामको खुलासा गरेको छ।
ग्यालेक्सी एस२४ अल्ट्राको ६.७९ इन्च स्क्रिन वरपरको बेजलहरूलाई ३० प्रतिशत भन्दा बढीले घटाएर ३.३५ एमएमको बनाइने उल्लेख गरिएको छ। साथै यसले गर्दा एस२५ अल्ट्राको भिजुअल एक्सपिरियन्स थप रूपमा सुधार हुने उल्लेख गरिएको छ।
त्यसैगरी सामसङले ग्यालेक्सी एस२५ अल्ट्रालाई केही राउण्ड कर्नर्स (थोरै गोलाकार कुनाहरू)का साथ लन्च गर्ने अपेक्षा गरिएको छ। न्यारो बडीसँग कम्बाइन (मिलाएर) गरिएको नयाँ फोन ७९ एमएम चौडाइ भएको ग्यालेक्सी एस२४ अल्ट्राको तुलनामा ह्यान्डल गर्न धेरै सजिलो हुने जनाइएको छ।
नयाँ स्मार्टफोनको चौडाइ ७७.६ एमएम हुनेछ भने यसको स्क्रिन ७३ एमएम हुने जनाइएको छ। यसको अर्थ अब नयाँ स्मार्टफोनको साइड बेजल २.३ एमएम मात्र हुनेछ। साथै स्क्रिन बढेर ६.८६ इन्च हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ७ भाद्र २०८१, शुक्रबार