Technology Khabar ६ भाद्र २०८१, बिहीबार
काठमाडौं ।
फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले बुधबार आफ्नो युट्युब च्यानल लन्च गरेका छन्। उनले च्यानल खोलेको ९० मिनेटमै आफ्नो युट्युब च्यानलमा १० लाख सब्सक्राइबर प्राप्त गरे।
यस्तै १२ घण्टामानै उनको च्यानलमा १ करोड सब्सक्राइबर पुगेका छन्।
यो युट्युबमा अहिलेसम्मको रेकर्ड हो, र क्रिस्टियानो रोनाल्डो यस्तो गर्ने पहिलो व्यक्ति बनेका छन्।
पाँच पटकको बालोन डी’ओर विजेता ३९ वर्षीया साउदी अरेबियाको क्लब अल नासरबाट खेल्छन्।
“प्रतीक्षा समाप्त भयो। मेरो युट्युब च्यानल अन्ततः यहाँ छ! सू.. लाई सब्सक्राइब गर्नुहोस् र यो नयाँ यात्रामा मसँग सामेल हुनुहोस्,” रोनाल्डोले आफ्नो सोशल मिडिया खाताहरूमा पोस्ट गरे।
उनको पहिलो भिडियो पोस्ट गरेको केही घण्टा पछि, १ करोड भन्दा धेरै सब्सक्राइबरहरू उनको च्यानलमा सामेल भएका थिए।
रोनाल्डोको एक्स प्लेटफर्ममा ११२.५ मिलियन, फेसबुकमा १७ करोड र इन्स्टाग्राममा ६३ करोड ६० लाख फलोअर्स छन्।
प्रकाशित: ६ भाद्र २०८१, बिहीबार