अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका दुई अन्तरिक्षयात्रीलाई पृथ्वीमा फर्काउने योजना अझै अलपत्र

Technology Khabar ६ भाद्र २०८१, बिहीबार

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका दुई अन्तरिक्षयात्रीलाई पृथ्वीमा फर्काउने योजना अझै अलपत्र
तस्बिर सौजन्य: नासा

काठमाडौं ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा अड्किएका अमेरिकी अन्तरिक्ष यात्री बुच विल्मोर र सुनीता विलियम्स पृथ्वीमा फर्कने मिति अझै टुंगो लागेको छैन। यी दुई अन्तरीक्षयात्रीलाई फिर्ता ल्यउनुपर्ने बोइंग स्टारलाइनर मिशनमा गडबडी पैदा भएपछि उनीहरुलाई पृथ्वीमा फिर्ता ल्याउने निर्णय नासाले फेरि एकपटक रद्द गरेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार बुधवार अमेरिकी अंतरिक्ष एजेन्सी नासाले एउटा पतेरकार सम्मेलन गर्दै अब यो विषयमा अगस्ट महिनाको अन्त्यमामात्रै निर्णय गरिने बताएको थियो।

नासाका प्रमुख अन्तरिक्ष यात्री जो एकाबाले सुनीता विलियम्स र बेरी ‘बुच’ विल्मोर जस्ता अन्तरिक्ष यात्रीलाई  यो ‘मिशनका विभिन्न आयामहरु तथा यसबाट सिर्जना हुने सम्भावित परिस्थिका बारेमा पनि राम्रै जानकारी रहेको बताए।

उनले थपे, ‘यी सबै कुरा सुनिश्चित गर्नका लागि अन्तरिक्ष यात्रीहरुलाई यसरी तालिम दिइएको थियो कि कुनै पनि मिशनमा आइपर्ने चुनौतिहरुलाई सामना गर्न उनीहरु मानसिक तथा शारीरिक रूपमा तयार रहुन्।’

उनले यो मिशन एउटा परीक्षण उडान भएको र दुवै अन्तरिक्षयात्रीलाई यो उडान पूर्ण छैन भन्ने थाहा भएकव पनि बताए । उनका अनुसार मानवयुक्त अन्तरिक्ष यान आफैंमा जोख़िमयुक्त हुन्छ र एक अन्तरिक्षयात्रीका रूपमा यो उनीहरुको कामको पाटो नै हो।

नासाले दुवै अन्तरिक्ष यात्री उक्त स्टेशनमा आरामसँग बसिरहेका रउनीहरु अन्तरिक्षमा जोख़िमयुक्त मिशनमा जान तैयार रहेकाले पठाइएको पनि दावी गरेको छ।

आठ दिनको यात्रा आठ महिनामा बदलिन सक्ने

अन्तरिक्ष एजेन्सीका अधिकारिहरुले अन्तरिक्ष यात्रीहरुको स्पेससूटको विशेषताबारे बोल्दै स्टारलाइनर असुरक्षित भएका स्थितिमा कुनै अन्य वैकल्पिक अन्तरिक्ष यानमा प्रयोग गर्न उपयुक्त नभएङ्को बताएका छन्।

गत जुन महिनाको ५ तारिखमा विलियम्स तथा विल्मोर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) का लागि स्टारलाइनरमार्फत उड़ेका थिए। उनीहरुलाई ८ दिनपछि पृथ्वीमा फर्कने गरी पठाइएको थियो।

तर स्टारलाइनर अन्तरिक्षयान आईएसएसको नजिक पुगेपछि यसमा समस्या देखा परेको थियो। यसमा लगाइएकामध्ये पाँचवटा थ्रस्टर बन्द  भएका थिए। थ्रस्टरहरु अन्तरिक्षयानलाई उडानका क्रममा दिशा दिने उपकरण हुन्। यसबाहेक यसमा रहेको हिलियम ग्याँस पनि सकिएको थियो।

यस्ता समस्या आएपछि फसेका विलियम्स र विल्मोर दुवै इन्जिनियरहरुले यसको प्राविधिक जाँच पड्ताल गरेर समधान नगरुन्जेल.आईएसएसमा नै बसिरहनु पर्ने भएको हो।

यसबाहेक अर्को विकल्पमा यो वर्षको अन्तिमतिर त्यहाँ पठाइने स्पेसएक्सको अन्तरिक्ष यानको प्रयोग गर्नु हो। यसो भएको खण्डमा सन् २०२५ को शुरुवातमा नै यी दुई यात्री पृथ्वीमा फर्कन पाउनेछन्। तर धेरै समयसम्म अन्तरिक्षमा रहेका कारण उनीहरुको शरीरमा नकारात्मक असर पनि पर्न सक्ने बीबीसीको हिन्दी संस्करणले जनाएको छ।

प्रकाशित: ६ भाद्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया