सोनी ब्राभिया ९ सिरिजको ७५ इन्च र ८५ इन्च मिनी एलईडी टिभि भारतमा सार्वजनिक

Technology Khabar ६ भाद्र २०८१, बिहीबार

काठमाडौं ।

सोनी इन्डियाले प्रिमियम होम इन्टरटेनमेन्ट एक्सपिरियन्सको लागि भनेर डिजाइन गरिएको हाई–इण्ड टेलिभिजन ‘ब्राभिया ९ सिरिज’ सार्वजनिक गरेको छ।

सोनी ब्राभिया ९ सिरिजको स्पेसिफिकेशन र विशेषताहरूः
यस सिरिजमा मिनिमलिस्ट (न्यूनतम) वान स्लेट डिजाइन फिचर गरिनुका साथै यो ७५ इन्च र ८५ इन्च स्क्रिन साइजमा उपलब्ध भएको जनाइएको छ। त्यसका साथै यसमा सोनीको एआई प्रोसेसर एक्सआर समावेश गरिएको जनाइएको छ जसले सुधार गरिएको डिटेल, कन्ट्रास्ट र कलर एक्यूरेसीको साथ पिक्चर क्वालिटि सुधार गर्ने उल्लेख गरिएको छ।

ब्राभिया ९ सिरिजले एक्सआर ब्याकलाइट मास्टर ड्राइभसँग पेयर्ड गरिएको मिनी एलईडी प्रविधि प्रयोग गरेको जनाइएको छ। यसले डिपर ब्ल्याक (गहिरो कालो), ब्राइटर ह्वाइट्स (उज्यालो सेतो) र बेटर (राम्रो) कन्ट्रास्टका लागि व्यक्तिगत एलईडीहरूको सटीक नियन्त्रणलाई सहज बनाउँछ।

साथै एक्सआर ट्रिलुमिनोस प्रो ले कलर रेन्ज (रङ्गको दायरा) फराकिलो बनाउँदै थप नेचुरल कलर्स (प्राकृतिक रंगहरू) प्रदान गर्ने उल्लेख गरिएको छ।

अडियोतर्फ, बीम ट्वीटर र फ्रेम ट्वीटरहरू सहितको अकस्टिक मल्टि–अडियो+ सिस्टमले इमर्सिभ साउण्ड एक्सपिरियन्स सिर्जना गर्ने जनाइएको छ। त्यसैगरी भ्वाइस जुम ३ प्रविधिले संवादको स्पष्टतालाई सुधार गर्ने उल्लेख गरिएको छ।

ब्राभिया ९ सिरिजमा स्मूथ गेमप्लेको लागि अटो एचडीआर टोन म्यापिङ, फोरके/१२०एफपीएस सपोर्ट, भेरिएबल रिफ्रेस रेट (भीआरआर) र अटो लो लेटेन्सी मोड (एएलएलएम) जस्ता गेमिङ फिचरहरू पनि समावेश गरिएको उल्लेख छ। साथै गेमिङ मेनुले गेमिङ सेटिङहरूमा सहज पहुँच प्रदान गर्ने थप उल्लेख गरिएको छ।

चलचित्रहरू, टिभी कार्यक्रमहरू र एपहरूको विस्तृत चयन प्रदान गर्दै स्मार्ट टिभीको रूपमा यो गुगल टिभीमा रन (चल्ने) जनाइएको छ। साथै ब्राभिया क्यामले गेस्चर कन्ट्रोल (इशारा नियन्त्रण), एम्बियन्ट अप्टिमाइजेसन र भिडियो कन्फरेन्सिङ फिचरहरू थप्ने उल्लेख गरिएको छ।

मूल्य निर्धारण र उपलब्धता
ब्राभिया ९ सिरिजको मूल्य ७५ इन्च मोडलका लागि ४ लाख ४९ हजार ९९० भा.रु. कायम गरिएको छ भने ८५–इन्च मोडेलको लागि ५ लाख ९९ हजार ९९० भा.रु. रहेको जनाइएको छ।

साथै ब्राभिया ९ सिरिजको यी दुई नयाँ मोडलहरू सोनी सेन्टर्स, प्रमुख इलेक्ट्रोनिक्स स्टोरहरू र भारतभरका अनलाइन प्लेटफर्महरूमा उपलब्ध भएको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: ६ भाद्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया