
काठमाडौं ।
रोमानियामा मखुण्डो लगाएका प्रहरी अधिकारीहरूले बुधवार विवादास्पद इन्टरनेट इन्फ्लुएन्सर एन्ड्र्यू टेटको घरमा छापा मारेका छन्। उनी अहिले मानव बेचबिखन, बलात्कार, र महिलाहरूलाई यौन शोषण गर्न आपराधिक गिरोह बनाएको आरोपमा मुद्दा खेपिररहेका छन्।
रोमानियाको एन्टी-अर्गनाइज्ड क्राइम एजेन्सी (DIICOT) ले उनीहरू बुखारेस्ट र नजिकैको इल्फोव जिल्लाका चारवटा घरहरूमा मानव बेचबिखन, नाबालिगको तस्करी, नाबालिगसँग यौन सम्बन्ध, बयानहरूमा प्रभाव पार्ने, र सम्पत्ति शुद्धिकरण गर्ने आरोपहरूको छानबिन गरिरहेका बतायो। एजेन्सीका अनुसार यसबारे पछि मुख्यालयमा सुनुवाइ हुनेछ।
टेटका प्रवक्ता माटिया पेट्रेस्कुले छापाको जवाफमा भने,’खोज वारेन्टमा उल्लेख गरिएका आरोपहरू अझै पूरै स्पष्ट भएका छैनन्, तर तिनीहरूमा मानव बेचबिखन र सम्पत्ति शुद्धिकरण गरेको शंका समावेश छ र हाम्रो कानुनी टोली त्यहाँ उपस्थित छ। पेट्रेस्कुले नाबालिगसँग सम्बन्धित आरोपहरूबारे कुनै टिप्पणी गरेनन्।
दर्जनौं प्रहरी अधिकारीहरू र फरेन्सिक कर्मचारीहरू बुखारेस्टको छेउमा रहेको टेटको ठूलो सम्पत्तिमा खोजी गरिरहेको देखिएको समाचारमा उल्लेख छ।
“सम्पूर्ण आपराधिक प्रक्रियाको क्रममा, अनुसन्धानमा रहेका व्यक्तिहरूले आपराधिक प्रक्रिया संहिता द्वारा प्रदान गरिएका प्रक्रिया अधिकार र ग्यारेन्टीहरू साथै निर्दोषताको अनुमानबाट लाभ उठाउँछन्,”डीआईआईसीओटी ले आफ्नो बयानमा उल्लेख गरेको छ।
पूर्व किकबक्सरहरू र बेलायत-अमेरिकी नागरिकहरू ३७ वर्षीय एन्ड्र्यू टेट र उनका ३६ वर्षीय भाइ ट्रिस्टनले लाखौं सामाजिक सञ्जाल फलोअरहरु बटुलेका छन्।
उनीहरु दुवै सन् २०२२ मा बुखारेस्ट नजिकै दुई रोमानियाली महिलासँगै पक्राउ परेका थिए। रोमानियाली अभियोजकहरूले उनीहरूलाई औपचारिक रूपमा गत वर्ष मानव बेचबिखनको आरोप लगाए हुन्। उनीहरू दुवैले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्।
गत अप्रिलमा, बुखारेस्ट ट्रिब्युनलले अभियोजकहरूको मुद्दा फाइलले कानूनी मापदण्ड पूरा गरेको र मुद्दा सुरु गर्न सकिने निर्णय गरेको थियो तर यसको सुरुवात मिति भने तोकिएको थिएन।
उक्त निर्णय कानूनी मुद्दालाई प्रारम्भिक चरणहरूमा महिनाौंसम्म छलफल गरेपछि आएको थियो। यो प्रक्रियामा प्रतिवादीहरूले अभियोजकहरूको प्रमाण र मुद्दा फाइललाई चुनौती दिन सक्ने रोयटर्सले जनाएको छ।
प्रकाशित: ६ भाद्र २०८१, बिहीबार