एआईलाई तालिम दिन इजाजत बिना लेखहरु प्रयोग गरेको आरोपमा एन्थ्रोपिकमाथि मुद्दा

  • Technology Khabar | ६ भाद्र २०८१, बिहीबार
एआईलाई तालिम दिन इजाजत बिना लेखहरु प्रयोग गरेको आरोपमा एन्थ्रोपिकमाथि मुद्दा

काठमाडौं ।

आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एन्थ्रोपिकमाथि क्लास एक्शन मुद्दा परेको छ । क्यालिफोर्नियाको संघीय अदालतमा तीन जना लेखकहरूले एन्थ्रोपिकले आफ्नो एआई-सञ्चालित च्याटबोट क्लाउडलाई तालिम दिनका लागि आफ्ना पुस्तकहरू र सयौं हजारौं अन्य स्रोतहरूलाई दुरुपयोग गरेको भन्दै मुद्दा हालेका हुन्।

सोमबार दर्ता गरिएको उक्त मुद्दामा लेखक तथा पत्रकारहरू एन्ड्रिया बार्ट्ज, चार्ल्स ग्रेबर र किर्क वालेस जोनसनले एन्थ्रोपिकले मानवीय प्रम्प्टहरूमा प्रतिक्रिया दिन क्लाउडलाई सिकाउनका लागि उनीहरूको लेखनयुक्त काम र अरूको लेखनलाई पनि चोरेर प्रयोग गरेको आरोप लगाएका छन्।

एन्थ्रोपिकका प्रवक्ताले मंगलबार कम्पनी मुद्दाको बारेमा थाहा पाएको र उजुरीको बारेमा अध्ययन गरिरहेको बताउँदै विचाराधीन मुद्दा भएकाले थप टिप्पणी गर्न चाहेनन्।

यो मुद्दा यसअघि स्रस्टाहरुद्वारा दायर गरिएका यस्तै प्रकारका अन्य  धेरै उच्च प्रकृतिको मुद्दामा पर्दछ। यसअघ पनि विभिन्न भिजुअल कलाकारहरू, समाचार आउटलेटहरू र  रेकर्ड लेबलहरू सहितले प्राविधिक कम्पनीहरूले आफ्ना उत्पादनहरुलाई कृत्रिम बुद्धिमत्ता प्रणालीहरू प्रशिक्षित गर्न प्रयोग गरिएको भन्दै उजुरी दिएका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: ६ भाद्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार