एप्पलले लन्च भएसँगै भारतमा आईफोन १६ प्रो मोडलहरू एसेम्बल गर्ने

  • Technology Khabar | ५ भाद्र २०८१, बुधबार
एप्पलले लन्च भएसँगै भारतमा आईफोन १६ प्रो मोडलहरू एसेम्बल गर्ने

काठमाडौं ।

आगामी आईफोन १६ प्रो सिरिज भारतमा बनाइने भएको छ। चीन बाहिर एप्पलको प्रो सिरिज आईफोन उत्पादन गर्न लागिएको यो पहिलो पटक भएको ब्लूमबर्गले उल्लेख गरेको छ।

ब्लूमबर्गको नयाँ रिपोर्टकाअनुसार, आगामी आईफोन १६ प्रो र १६ प्रो म्याक्स लन्च भएको केही हप्ताभित्रै फक्सकन इन्डियाले आईफोन १६ प्रो र १६ प्रो म्याक्स भारतमा रहेका आफ्ना उद्योगहरूमा उत्पादन गर्न थाल्ने जनाइएको छ।

एप्पलले विगत सात वर्षदेखि भारतमा आईफोनहरू एसेम्बल गर्दै आएको छ। साथै यस वर्षको सुरुवातको एक रिपोर्टले उल्लेख गरे अनुसार भारतले कुल आईफोन उत्पादनको १४ प्रतिशत ओगटेको जनाइएको छ।

त्यसैगरी उक्त संख्या अर्को वर्षको सुरुमा २५ प्रतिशत सम्म बढ्ने अपेक्षा गरिएको छ। यसबाहेक एप्पलले आईफोन १७ को उत्पादन पनि भारतमा मात्रै सुरु गर्ने अफवाह रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ५ भाद्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...