आईफोन १६ सार्वजनिक हुने पोस्टर बाहिरियो, सेप्टेम्बर १० तारिखमा कार्यक्रम हुने संकेत

Technology Khabar ५ भाद्र २०८१, बुधबार

काठमाडौं ।

एप्पलको वार्षिक रुपमा हुने गरेको सेप्टेम्बर महिनाको कार्यक्रम गोप्य राखिएको भएतापनि भर्खरै विवरणहरू लीक भएको हुन सक्ने नयाँ अफवाहले सुझाव दिएको छ।

टिप्स्टर माजिन बुले उक्त कार्यक्रमको पोस्टर हात पारेको दावी गरेका छन् र जसमा “रेडि। सेट। क्याप्चर” नारा उल्लेख रहेको जनाइएको छ। साथै हालको उक्त पोस्टरले सेप्टेम्बर १० मितिलाई औंल्याएको छ जुन आईफोन १६ लन्च टाइमफ्रेमको बारेमा आएका अघिल्ला अफवाहहरूसँग मिल्ने उल्लेख छ।

यद्यपि लीक भएको उक्त पोस्टरमा केही शंका गर्न सकिने जनाइएको छ।

गोल्डेन एप्पल, गोल्डेन फोन?

गीज्मोचाइनाका अनुसार उक्त पोस्टरमा सुनको रङ्गमा एप्पलको लोगो देखा परेको र यो विवरण रोचक भएको जनाइएको छ। साथै यो आईफोन १६ को लागि आउन लागेको अफवाहमा रहेको “डेजर्ट टाइटेनियम” कलर अप्सन तर्फ संकेत हुन सक्ने उल्लेख गरिएको छ।

त्यसैगरी “रेडि। सेट। क्याप्चर” रहेको कार्यक्रमको नाराले क्याप्चर बटनलाई जनाएको हुन सक्ने उल्लेख गरिएको छ जुन आईफोन १६ लाईनअपमा पेश गरिने अफवाह रहेको छ। बिल्ट–इन ह्याप्टिक इन्जिनद्वारा सप्लाई गरिएको ह्याप्टिक फिडब्याकको साथ यो एक सोलिड स्टेट क्यापेसिटिभ बटन हुने जनाइएको छ।

यद्यपि बटनको सही फङ्गसनको बारेमा स्पष्टता नभए तापनि यो बटनले क्यामरा शटर थिच्न वा क्यामरा एपमा सर्टकटको रूपमा काम गर्न सक्ने सम्भावना रहेको जनाइएको छ।

यसबारे थप जानकारी हामीले एप्पलको सेप्टेम्बर लन्च इभेन्ट (कार्यक्रम) बाट नै आउनेछ। यस वर्ष आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो नेम स्किम (नामकरण योजना) लाई पछ्उँदा चारवटा नयाँ मोडलहरू आउने अपेक्षा गरिएको जनाइएको छ। साथै यी फोनहरू आईओएस १८ को साथ लन्च हुने अपेक्षा गरिएको छ।

त्यसैगरी थप जानकारीको लागि गीज्मोचाइनाले एप्पलको आधिकारिक च्यानलहरू र विश्वसनीय स्रोतहरूमा नजिकबाट नियाल्ने गर्ने उल्लेख गरेको छ। हालका यी प्रारम्भिक अफवाहहरूलाई भने सावधानीपूर्वक लिनका लागि सल्लाह दिँदै सेप्टेम्बरको नजिक पुग्दै गर्दा थप ठोस विवरणहरू देखा पर्ने अनुमान छ।

प्रकाशित: ५ भाद्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया