एप्पल पडकास्टका प्रयोगकर्ताले अब वेबमार्फत् विभिन्न शोहरु कुनै पनि डिभाइसमा स्ट्रिम गर्न सक्ने

Technology Khabar ४ भाद्र २०८१, मंगलवार

काठमाडौं ।

एप्पल पडकास्टका प्रयोगकर्ताले अब आफ्नो लाइब्रेरीमा रहेका  विभिन्न शोहरु कुनै पनि डिभाइसमा स्ट्रिम गर्न सक्ने भएका छन्। आजबाट शुरु भएङ्को एप्पल पडकास्टको वेब संस्करणको स्वरुप तथा त्यहाँ उपलब्ध हुने नयाँ फिचरहरु यसको मोबाइल एपको जस्तै बनाइएको छ।

आजबाट उक्त प्लेटफर्म वेबका माध्यमबाट कुनै पनि डिभाइसमा उपलब्ध हुने मात्र नभई यसमा सामान्य रुपमा कुनै एपिसोड बजाउने बाहेकका  अन्य नयाँ टूलहरु पनि प्राप्त हुने अन्तर्राष्ट्रिय समाचार संस्था इन्ग्याजेटले जनाएको छ।

यदि तपाईँसँग डेस्कटप पनि छैन र मोबाइलमा यसको एप इन्स्छल गरएको पनि छैन भने पनि उक्त सुविधा लिन पाइने जनाइएको छ। मोबाइलको एपजस्तै स्वरुपमा रहेको वेब इन्टरफेसमार्फत् शोहरु ब्राउज गर्न, लाइब्रेरीमा पहुँच पुर्याउन, टप चार्टमा के के छ भनेर हेर्न तथा सबस्क्रिप्शन किन्ने लगायतका काम गर्न सकिने जनाइएको छ।

वेबमा रहेको एप्पल पडकास्ट्स कुनै पिनि व्यक्तिको एप्पल एकाउन्टसँग सिंक हुने भएकाले कुनै पनि शो कहाँसम्म पुग्यो, मनपर्ने शो हरु कुन कुन हुन् तथा सबस्क्रिप्शनको अवस्था सबै अपडेट भएर आउँछ। एप्पल लग इन छैन भने पनि कुनै पनि शो ब्राउज गरेर सुन्नसम्म सकिने कम्पनीलाई उद्धृत गर्दै इन्ग्याजेटले उल्लेख गरेको छ।

यसअघिको वेब संस्करणमा पडकास्ट सुन्नेसम्मको व्यवस्था थियो तर प्राय अधिकांश प्रयोगकर्ताले यो सेवामा चाहेको आधुनिक टूलहरु लगायत लाइब्रेरी एक्सेस उपलब्ध थिएन। एप्पलका अनुसार यसरी अद्यावधिक गरिएङ्को पडकास्ट्स १७० देशहरुमा सफारी, क्रोम एज तथा फायरफक्स लगायतका मुख्य मुख्य ब्राउजरहरुमा उपलब्ध हुनेछ।

प्रकाशित: ४ भाद्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया