एक्शन क्यामरा निर्माता गो प्रोले पनि १५ प्रतिशत कामदार हटाउने

  • Technology Khabar | ४ भाद्र २०८१, मंगलवार
एक्शन क्यामरा निर्माता गो प्रोले पनि १५ प्रतिशत कामदार हटाउने

काठमाडौं ।

एक्शन क्यामरा निर्माता कम्पनी गोप्रोले पनि विश्वभरबाट आफ्ना १५ प्रतिशत कर्मचारी हटाउने भएको छ। गत सोमबार कम्पनीले सञ्चालन खर्च कटौतीका लागि पुनर्संरचना योजना अन्तर्गत समग्र कामदारको १५ प्रतिशत हटाउने निर्णय भएको बताएको हो।

कम्पनीले यो पुनर्संरचना योजनाका लागि ५ देखि ७ अर्ब डलर खर्च हुने अपेक्षा गरेको छ भने तेस्रो चौमासमा पहिचानका लागि १० लाख डलर तथा चौथो त्रैमासमा ४० देखि ६० लाख डलर खर्च हुने आकलन गरेको छ।

१५ प्रतिशतले हुन आउने १३९ जना कटौती गरिने यो योजनाको शुरुवात तेस्रो त्रैमास हुने र यो वर्षको अन्त्यसम्ममा सबै १३९ जनाको रोजगारी कटौती गरिने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

जुन मसान्तसम्म समग्रमा ९२५ फुल टाइम कर्मचारी रहेको कम्पनीको सेयर उक्त कर्मचारी कटोतीको घोषणापछि १.५ प्रतिशतले बढेको थियो।

यो महिनाको शुरुवातमा गोप्रोले दोस्रो त्रैमासमा साढे १८ करोड डलर आम्दानी भएङ्को घोषणा गरेको थियो जुन गत वर्षको आम्दनीको तुलनामा २२.७ प्रतिशतले कम हो। यसैगरी यस अवधिमा सञ्चालन खर्च १० करोड हाराहारी भएको थियो जुन गत वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशतले बढी हो।

प्रकाशित: ४ भाद्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ४ भाद्र २०८१, मंगलवार