
काठमाडौं ।
ताइवानी कन्ट्रयाक्ट चिप निर्माता कम्पनी फक्सकन अब स्मार्टफोन भन्दा अघि बढेर ईभी, ब्याट्री तथा डिजिटल हेल्थ लगायतका सूचना प्रविधिको क्षेत्रमा केन्द्रित हुने भएको छ।
कम्पनीका अध्यक्ष यङ लिउले शनिबार यसबारे जानकारी दिएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ। कम्पनीले भारतलाई मुख्य बजार बनाएर आगामी दिनमा स्मार्टफोनको स्तरबाट माथि उक्लिँदै यस प्रकारका सूचना प्रविधिको क्षेत्रमा काम गर्ने योजना बनाएको हो।
फक्सकन आफ्नो उचाईतिर अघि बढ्ने प्रवृत्तिका लागि प्रख्यात छ। साँच्नै नै हामीहरु भारतमा सक्दो स्तरसम्म आफ्नो भ्यालु चेनलाई उकास्न चाहन्छौं।
हामी सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा हामीले गर्न चाहेको यही हो’, लिउले भारतको श्रीपरम्बदुरमा रहेको भयंकर औद्योगिक क्षेत्रको उद्घाटनका क्रममा भने’, ‘ सूचना तथा सञ्चार प्रविधि क्षेत्रभन्दा बाहिर हामी ईभी ताथ ऊर्जा र व्यक्तिगत प्रयोगमा आउने वेयरेबल, घरमा प्रयोग हुने मेडिकल डिभाइस, तथा हस्पिटलमा भने क्लाउडमा आधारित डिजिटल स्वास्थ्य प्रणाली लगायतका डिजिटल स्वास्थ्यको क्षेत्रमा केन्द्रित हुन सक्छौं’,उनले थपे।
ऊर्जाका क्षेत्रमा भने फक्सकनले आफ्नै विशाल विद्युतीय सवारीसम्बद्ध रणनीतिसम्बन्ध ब्याट्रीतर्फ हात हाल्ने बुझिएको छ। लिउका अनुसार असङ्ख्य असम्भव कुराहरुलाई सम्भव तुल्याउने भएकाले जेनेरेटिभ आ।टिफसियल इन्टेलिजेन्सले कम्पनीको रणनीतिमा निकै ठूलो भूमिका निर्वाह गर्ने पनि बताए।
प्रकाशित: ४ भाद्र २०८१, मंगलवार