ह्वावेले ल्यायो स्मार्ट टिभी ‘भी५ ९८–इन्च’,सुपर मिनीएलईडी फोरके डिस्प्ले तथा हार्मनीओएस ४ समावेश

Technology Khabar ४ भाद्र २०८१, मंगलवार

काठमाडौं ।

ह्वावे चाइनाले आफ्नो सबैभन्दा ठूलो स्मार्ट टिभी ‘भी५ ९८–इन्च’ अनावरण गरेको छ। साथै यो नयाँ मोडल पनि उपभोक्ताहरूलाई ठूलो स्क्रिन विकल्प प्रदान गर्दै विद्यमान ७५–इन्च र ८५–इन्चको भेरियन्टमा समावेश भएको छ।

यो हाल ३६,९९९ युआन (५,१६८ अमेरिकी डलर) मूल्यमा उपलब्ध भए तापनि अगस्ट ३१ तारिख सम्मका लागि ३४,९९९ युआन (४,८८९ अमेरिकी डलर) छुट दिइएको जनाइएको छ।

ह्वावे स्मार्ट टिभी भी५ को स्पेसिफिकेसनहरूः
भी५ ९८–इन्चमा फोरके रेजोल्युसनसहितको सुपर मिनीएलईडी अल्ट्रा एचडी डिस्प्लेको फिचर गरिएको छ र जसले एनहान्स्ड कन्ट्रास्टको लागि प्रत्यक्ष डाउन ब्याकलाइट मोडलाई समर्थन गर्ने जनाइएको छ।

१२०हर्ज रिफ्रेस रेट, ९५ प्रतिशत डीसीआई–पी३ रङ गामट, ७५०निट्स टिपिकल ब्राइटनेस र २००० निट्सको पिकको साथ टिभीले जीवन्त र विस्तृत भिजुअलहरूको प्रतिज्ञा गर्दछ भनि थप उल्लेख गरिएको छ।

डिभाइसको हुड अन्तर्गत ह्वावेको होङ्गु स्वान ९०० चिपसँग हार्मनीओएस ४ पेयर (जोडिएको) गरिएको जनाइएको छ। साथै यो स्मार्ट टिभी ६जीबी र्याम र ६४जीबी इन्टर्नल स्टोरेज (आन्तरिक भण्डारण)का साथ सुसज्जित रहेको उल्लेख गरिएको छ।

अडियोलाई एनहान्स्ड साउण्ड क्वालिटि (परिष्कृत ध्वनि गुणस्तर) को लागि थप कम्पोनेन्टहरू सहित डुअल–ड्राइभर स्पिकर प्रणालीद्वारा ह्यान्डल गरिएको जनाइएको छ।

ह्वावेको नयाँ वायरलेस रिमोट कन्ट्रोलले सुधारिएको नेभिगेसन र नियन्त्रण प्रदान गर्ने जनाइएको छ। त्यसैगरी टिभीमा कन्टेन्ट ड्यूरेसन कन्ट्रोल (सामग्री अवधि नियन्त्रण), सिटिंग पोस्चर (मुद्रा) र डिस्ट्यान्स (दूरी) रिमाइन्डरहरूका साथै र आई प्रोटेक्सन (आँखा सुरक्षा) जस्ता एआई सुविधाहरू पनि समावेश रहेका छन्।

कनेक्टिभिटी विकल्पहरूमा एचडीएमआई २.०, एचडीएमआई २.१, यूएसबी पोर्टहरू, इथरनेट, भ्वाइस इनपुट र भिडियो कलिङ क्यापाबिलिटिहरू भएको एआई क्यामरा समावेश गरिएको उल्लेख छ। भी५ ९८–इन्च टिभी २१७६.२ × १२५६ × ६५ एमएम रहेको भने स्ट्यान्ड बिना ६३ किलो तौल रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: ४ भाद्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया