कर्णालीमा विद्युत् सेवा अवरुद्ध हुँदा इन्टरनेटसमेत ठप्प

  • Technology Khabar | ३ भाद्र २०८१, सोमबार
कर्णालीमा विद्युत् सेवा अवरुद्ध हुँदा इन्टरनेटसमेत ठप्प

काठमाडौं ।

आइतबार बिहानदेखि कर्णालीमा अवरुद्ध भएको विद्युत् सेवा आजसम्म पनि नियमित हुन सकेको छैन। कोहलपुर–सुर्खेतको प्रमुख ३३ केभी प्रसारण लाइन अवरुद्ध हुँदा समग्र कर्णाली विद्युत्विहीन बनेको हो।

विद्युत् अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ।

विद्युत् अवरुद्ध भएपछि कर्णालीमा नेपाल टेलिकमको नेटवर्क सेवा प्रभावित हुने गरेको छ। त्यसका कारण फोन सम्पर्क गर्नसमेत कठिनाइ हुन्छ। कर्णालीमा आइतबार बिहानदेखि ठूलो वर्षासमेत भइरहेको छ। मर्मत कार्य जारी रहेपनि हालसम्म विद्युत् सेवा सञ्चालन भएको छैन।

विद्युत नहुँदा कर्णालीका जाजरकोट, सुर्खेत, रुकुम पश्चिमका केही भाग, सल्यानका केही भाग, कालीकोट, जुम्ला, मुगु र दैलेखमा विद्युत् सेवा ठप्प भएको छ। कर्णालीबाट प्रकाशित हुने पत्रपत्रिकादेखि रेडियोको प्रकाशन तथा प्रशारणमा समेत अवरोध आएको भेरी मालिका दैनिक जाजरकोटका कार्यकारी सम्पादक रेशमबहादुर खड्काले बताए। रासस

प्रकाशित: ३ भाद्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार