फोर्टनाइट गेम पुन: फर्कियो- ईयुमा आईओएसमा, विश्वभर एण्ड्रोइडमा

  • Technology Khabar | ३ भाद्र २०८१, सोमबार
फोर्टनाइट गेम पुन: फर्कियो- ईयुमा आईओएसमा, विश्वभर एण्ड्रोइडमा

काठमाडौं ।

मल्टिप्लेयर शूटर गेम फोर्टनाइट यूरोपियन युनियनका देशहरुमा आईफोनमा तथा विश्वभर गुगलको एण्ड्रोइड डिभाइसहरुमा पुन: फर्कने भएको छ।

उक्त गेमको डेभलपरले केही दिनअघि बताए अनुसार ईयूका देशहरुमा कानुनी झमेलाका कारण विगत ४ वर्षदेखि प्रतिबन्धमा रहेको उक्त गेम अब भने भिन्न अपरेटिङ सिस्टममा अलग अलग क्षेत्रहरुमा पुन: उपलब्ध हुने भएको हो।

विश्वको सबैभन्दा ठूलो गेम स्टुडियो चिनियाँ कम्पनी टेन्सेन्टको सहयोगमा अमेरिकामा रहेको गेम डेभलपिङ स्ट्डियो एपिक गेम्सद्वारा डेभलप गरिएको उक्त फोर्टनाइट गेम सन् २०१७ मा सार्वजनिक भएको थियो। यसको पछिल्लो ब्याटल रोयल फर्म्याट विश्वभर निकै लोकप्रिय भएको थियो भने यसका लाखौं डेडिकेटेड प्लेयर थपिएका थिए।

तर सनर २०२० को अगस्टमा एप्पल तथा अल्फाबेट अन्तर्गतको गुगलले आफ्ना एपस्टोरबाट उक्त गेम हटाइदिएका थिए। यसको मुख्य कारण उनीहरुले आफ्नो पहिललेको नियमको उल्लङ्घन गर्दै ३० प्रतिशतसम्म कमिशन तिर्नुपर्नेगरी नयाँ भुक्तानी फिचर जारी गर्नु हो। यसविरुद्धमा थुप्रै मुद्दाहरुसमेत परेको थियो।

फोर्टनाइटले उक्त नयाँ नियम मान्न अस्विकार गरेपछि यी दुई प्लेटफर्मले यसलाई प्रतिबन्ध लगाएका थिए। प्रतिबन्धका बेला एपिक एप्पलको प्लेटफर्ममा मात्रै साढे ११ करोड हाराहारी प्रयोगकर्ता रहेका समाचारमा उल्लेख गरिएको छ।

ईयुको डिजिटल मार्केट्स एक्ट डीएमए अन्तर्गतको कानुनले एपिकलाई आफ्नो गेम स्टोर ईयू क्षेत्रमा पुन शुरुवात गर्न इजाजत दिएको छ। तर एप्पलले युरोपबाहिरका देशहरुमा फोर्टनाइट गेमलाई अझै प्रतिबन्ध लगाइरहेको कम्पनीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

 

प्रकाशित: ३ भाद्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...