जबर्जस्ती बेच्नुपर्ने भएपछि टिकटकद्वारा आफू ‘विदेशी लगानीको समाचार संस्था’ भएको दावी

Technology Khabar ३ भाद्र २०८१, सोमबार

काठमाडौं ।

अमेरिकामा स्थापित कम्पनी जबर्जस्ती बेच्नुपर्ने नत्र प्रतिबन्ध लगाउने अमेरिकी घोषणापछि चिनियाँ कम्पनी टिकटकले आफूलाई विदेशी लगानीयुक्त समाचार संस्था भएको दावी गरेको छ।

कम्पनीले अमेरिकामा चल्ने विदेशी लगानीको समाचार संस्थाजस्त भएका कारण आफूहरुमाथि फर्स्ट अमेन्डमेन्टको नियम लागू नहुने दावी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीन्युजले जनाएको छ।

अघिल्लो महिना अमेरिकाको न्याय विभागले वाशिङ्टनको संघीय पुनरावेदन अदालतमा उजुरी दर्ता गर्दै टिकटकको चिनियाँ मूल कम्पनी बाइटडान्स, यसका वैश्विक र अमेरिकी कम्पनीहरु टिकटक लिमिटेड तथा टिकटक इंकलाई एउटा देशमा कम्पनी खोलेर विदेशमा चलाइरहेको संस्था भएका कारण फर्स्ट अमेन्डमेन्टको सुरक्षा प्राप्त नहुने उल्लेख गरेको थियो।

गत बिहीबार टिकटकका वकिलहरुले संघीय कानुनअनुसार बाइटडान्सले कुनै प्रामाणिक क्रेतालाई बेच्नुपर्ने नत्र प्रतिबन्ध लगाउने भन्द गरेको फैसलालाई चुनौती दिन फर्स्ट अमेन्डमेन्टलाई नै मुख्य कानुनी हतियार बनाएको बुझिएको छ।

;सोही दिन ती वकिलहरुले अदालतमा पेश भएको एउटा दस्तावेजको फैसलामा रहेको टिकटकको अमेरिकी कम्पनी विदेशी सञ्चालकको भएकाले यसले संवैधानिक अधिकार प्रापुत नगर्ने भन्ने तर्कको विरुद्धमा वादविवाद गरेका थिए।

,अमेरिकी कम्पनीहरु पोलिटिको फर्च्युन तथा बिजनेस इन्साइडरका प्रकाशकहरु पनि विदेशी हुन् तर तिनीहरुले पाउने फर्स्ट अमेन्डमेन्टको सुरक्षा गुमाउने छैनन्,’ टिकटकका वकिलहरुले भने । उनीहरुले ‘सरकारले कुन अभिव्यक्तिलाई सुरक्षित मान्ने भन्ने परिभाषा नाटकीय रुपमा पुनर्लेखन गरेको’ कुरालाई कुनै नजीरले समर्थन नगरेको तर्क पेश गरेका छन्।

प्रकाशित: ३ भाद्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया