
काठमाडौं ।
अर्बपति इलन मस्कको सामाजिक सञ्जाल एक्सले ब्राजिलमा आफ्नो व्यापार सञ्चालन तत्काल रोक्ने भएको छ। तर यो सेवा देशका प्रयोगकर्ताहरूका लागि उपलब्ध रहने बताइएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था इन्ग्याजेटका अनुसार ब्राजिलको सुपीरियर इलेक्टोरल कोर्टका अध्यक्ष तथा सर्वोच्च संघीय अदालतका न्यायाधीश अलेक्जान्डर डे मोरेसले एक्सका एक कानूनी प्रतिनिधिलाई “उनको सेन्सरशिप आदेशहरूको पालना नगरे” गिरफ्तार गर्ने धम्की दिएको बताएको छ।
रोयटर्सलाई उद्धृत गर्दै इन्ग्याजेटले लेखे अनुसार, डे मोरेसले एक्सले आफ्नो प्लेटफर्मबाट केही सामग्री हटाउन माग आदेश दिएङ्का थिए। तर एक्सल भने उक्त आदेशको पालना गर्नुको सट्टा आफ्ना कर्मचारीहरूको सुरक्षाको दृष्टिकोणले उक्त देशमा आफ्नो सेवा नै बन्द गर्न उचित ठानेको बुझिएको छ।
एक्सका अनुसार डे मोरेसले “गोप्य आदेश” का माध्यमबाट धम्की दिएका थिए र एक्सले उक्त धम्कीलाई सार्वजनिक रूपमा साझा गरिदियो।
एक्सका मालिक इलन मस्कले उक्त आदेशका कारण आफूहरुले ब्राजिलियन, अर्जेन्टिनी, अमेरिकी र अन्तर्राष्ट्रिय कानून तोड्न (गोप्य रूपमा) आवश्यक परेको बताए।
ब्राजिलमा एक्स कार्यालय बन्द गर्ने निर्णय गाह्रो भएता पनि यदि उक्त (अवैध) गोप्य सेन्सरशिप र निजी जानकारी हस्तान्तरणको मागमा आफूहरु सहमत हुन सकेको भएउनीहरुले लाज नमानीकन आफ्ना कामको व्याख्या गर्न सक्ने अवस्था रहन्थ्यो । उक्त आदेश नमान्ने भएकाले त्यहाँबाट एक्सको कार्यालय हटाउने निर्णय गरिएको उनको आशय थियो।
प्रकाशित: ३ भाद्र २०८१, सोमबार