
काठमाडौं ।
अमेरिकी डिभाइस निर्माता कम्पनी एप्पलले चालु वर्षको दोस्रो त्रैमासमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सुविधासहितको पर्सनल कम्प्युटर (पीसी)को बजारमा ६० प्रतिशत हिस्सा हासिल गरेको छ।
दोस्रो त्रैमासिकमा ८८ लाखभन्दा बढी एआई पीसीहरूको अन्तर्राष्ट्रिय ढुवानी गरिएको छ। यी पीसीहरूको बिक्री यस वर्षको दोस्रो अर्धवार्षिकमा बढ्ने अपेक्षा गरिएको छ।
मार्केट रिसर्च फर्म क्यानालिसले रिपोर्ट गरेअनुसार, एप्पलको सिलिकन चिपसेट भएका म्याक कम्प्युटरहरूले एआई पीसी ढुवानीको ६० प्रतिशत हिस्सा ओगटेका छन्।
यो विन्डोज एआई कम्प्युटर भन्दा धेरै उच्च हो। यद्यपि, विन्डोज एआई पीसीहरूको ढुवानी त्रैमासिक आधारमा लगभग १२७ प्रतिशतले बढेको छ।
यो सेग्मेन्टमा लेनोभोको योगा स्लिम र थिंकप्याड ल्यापटपको ६ प्रतिशत हिस्सा रहेको छ। डेलले आफ्नो इन्सपिरेसन, एक्सपीएस र ल्याटिच्यूड कम्प्युटरमार्फत सात प्रतिशतको बजार हिस्सा हासिल गरेको उल्लेख छ।
प्रकाशित: २ भाद्र २०८१, आईतवार