Technology Khabar २ भाद्र २०८१, आईतवार
काठमाडौं ।
भारतमा अन्तर्राष्ट्रिय क्रिप्टो एक्सचेन्ज बाइनान्समाथिको प्रतिबन्ध हटाइएको छ।फाइनान्सियल इन्टेलिजेन्स युनिट (एफआईयू) मा दर्तासँगै बाइनान्सले २२.५ लाख डलर जरिवाना समेत तिरेको छ। एक्सचेन्जले प्रिभेन्सन अफ मनी लान्ड्रिङ एक्ट (पीएमएलए) को उल्लङ्घन गरेको कारण जुनमा यो जरिवाना लगाइएको थियो।
बाइनान्स प्रयोगकर्ताहरूको लागि एक्सचेन्जको वेबसाइटमा पहुँच सुरु भएको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्। यो बाइनान्सको लागि १९ औं अन्तर्राष्ट्रिय लाइसेन्स हो। योसँग स्वीडेन, दुबई, काजाकिस्तान र फ्रान्समा व्यापारको लागि इजाजतपत्र छ।
एक्सचेन्जले भारतको भर्चुअल डिजिटल सम्पत्ति (भीडीए) बजारको सम्भावनालाई मान्यता दिने बाइनान्सका सीईओ रिचर्ड टेङले भनेका छन्। उनले भने, “एफआईयूमा हाम्रो दर्ता एक्सचेन्जको यात्रामा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा हो। यसले हामीलाई भारतीय प्रयोगकर्ताहरूलाई हाम्रा सेवाहरू प्रदान गर्न सक्षम बनाउनेछ।”
रिपोर्टकाअनुसार, एफआईयूमा बाइनान्सको दर्ता आगामी मे मा पूरा हुनुपर्ने थियो। तर, यस एक्सचेन्जको अनुसन्धानका क्रममा अधिकारीहरूले पीएमएलए कानूनको पालना नगरेको पत्ता लगाए।
हालै बाइनान्सले देशमा ७७२ करोड भारतीय रुपैयाँ जीएसटी तिर्न सूचना प्राप्त गरेको छ। यो सूचना जीएसटी इन्टेलिजेन्स खुफिया (डीजीजीआई) को महानिर्देशनालयद्वारा जारी गरिएको थियो।
प्रकाशित: २ भाद्र २०८१, आईतवार